बृद्धाश्रमलाई एक लाख सहयोग


सुर्खेत, २२ साउन ।
मुना हमाल
वीरेन्द्रनगर १७ लाटिकोइलीमा रहेको प्रशान्ति बृद्धाश्रमलाई एक दम्प13882134_555078488011000_3615482585245831696_nतिले एक लाख रुपैयाँ सहयोग गरेका छन् । वीरेन्द्रनगर–२५ सुनपुरका अजुनदेव गिरी र नन्दा गिरीको दम्पतिले आश्रमलाई १ लाख १ हजार एकसय पाँच रुपैयाँ सहयोग गरेका हुन् । दम्पतिले शनिबार आश्रममा गएर स्वर्गीय आमा सीता गिरी र बुबा चन्द्रदेव गिरीको सम्झनामा बृद्धाश्रमलाई सहयोग गरेका हुन् । उनीहरुले आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए । जेष्ठ नागरिकको सम्मान र सबैले हेरचाह गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो आमाबुबाको सम्झनामा सहयोग गरेको उनीहरुले बताए । पुर्खालाई सम्झेर अरुलाई सहयोग गर्दा आत्म सन्तुष्टी भएको उनीहरुको भनाई छ । आश्रमले स्थापना गरेको अक्ष्य कोषमा ३३ लाख पुगेको छ । १ करोड रुपैयाँ पु¥याउने लक्ष्य लिएको अक्ष्य कोषमा सहयोगी हातहरु बढ्दै गएको अक्ष्यकोष अभियानका संयोजक भद्र भण्डारीले बताए ।
अक्ष्यकोषमा ५० हजार भन्दा माथि सहयोग गर्ने १६ जना रहेको उनले जानकारी दिए । उनका अनुसार तीन सय ४९ जना आश्रमको आजिवन सदस्य बनेका छन् । आश्रमले स्थापना गरेको अक्ष्य कोषको ब्याजले मात्र आश्रम संचालन गर्न सकिने भएकोले अक्ष्य कोष अभियान ल्याएको भण्डारीले बताए । अहिले आश्रमममा १२ जना बृद्धबृद्धा रहेका छन् । यसैबीच प्रत्येक शनिबार हुने भोजन भजन कार्यक्रमको आयोजना ठकुरी एकता समाज सुर्खेले गरेको थियो ।