रक्तदान कार्यक्रम ।


सुर्खेत, १९ चैत ।
सुर्खेत जिल्ला वीरेन्द्रचौकमा  शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी १० बर्षमा प्रवेश गरेको दिनमा शाखा कार्यालय सुर्खेत र जिल्ला स्थीत सम्पूर्ण लायन्स क्लबहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।IMG_3447
जिल्लामा विगत लामो सयम देखि विभिन्न सामाजीक, विपदमा परेकालाई सहयोग साथै विभिन्न स्वास्थ्य क्षेत्रमा जिल्ला स्थीत विभिन्न समवन्धित निकायहरु संग सहकार्य गरी कार्य गर्दे आईरहेका जिल्ला स्थीत लायन्स क्लब अफ सुर्खेत बुलबुले, लायन्स क्लब अफ वीरेन्द्रनगर, लायन्स क्लब अफ सुर्खेत भैरवस्थान , लायन्स क्लब अफ सुर्खेत शिव बिहार, लायन्स क्लब अफ सुर्खेत, लायन्स क्लब अफ भ्याली, लायन्स क्लब अफ काक्रेबिहार र लायन्स क्लब अफ मभ्यपश्चिम गरी ८ क्लबहरुको  सहकार्यमा शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।
एशियन लाईफ इन्स्योरेन्स बिभागिए प्रमुख बिजय पराजुलीको सभापतित्व, नेपाल रेडक्रस सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यको प्रमुख आथित्य एवंम बिशेष अतिथिहरु क्याविनेट अफिसर टुकाराम लामिछाने,रिजन चियर पर्सन कल्पना कार्की, एरिया कोअर्डिनेटर ला. हरिहर बस्नेत, नेपाल स्काउट तालिम आयुक्त पार्वती गिरी, जिल्ला स्थीत बिभिन्न लायन्स क्लवका डिस्ट्रि«क को अर्डिनेटरहरु, अध्यक्ष, प्रथम चियर पर्सन, द्धितिय चियर पर्सन, तृतिय चियर पर्सनहरु, सचिव तथा कोषाध्यक्षहरुको  उपस्थित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रामलाल आचार्यले जिल्लामै मात्र नभई नेपालमै एशियन लाईफ इन्स्योन्स कम्पनीले राम्रो व्यवसायहरुले गर्दे अग्र स्थानमा रहेकोेले आगामी दिनमा पनि नेपालमै सबै भन्दा अग्र स्थान ओगट्न सफल रहोस् शुभकामना व्यक्त गर्दे, यसरी लाईफ ईन्स्योरेन्स र जिल्ला स्थीत लायन्स क्लबहरुले संयुक्त रुपमा गरेको रक्तदान कार्यक्रमले राम्रो संदेश जाने बताए ।
यसैगरी कार्यक्रमका सभापति पराजुलीले देशभरीमै लायन्स क्लवहरु विस्तार गर्ने कार्यमा सुर्खेत पहिलो भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । पछिल्लो समय मानिसहरु सामाजिक कार्यमा संलग्न हुनका लागि लायन्स क्लवमा आवद्ध हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समय पहिला लायन्स क्लवप्रति आम मानिसको दृष्टिकोण फरक रहेपनि पछिल्लो समय लायन्स क्लवले गरेका सामाजिक गतिविधि देखेर लायन्समा आवद्ध हुनेहरुको संख्या बढ्दै छ ।” साथै  विगतमा रगत दिन डराउने र रगत दिनुहुन्न भन्ने सोच रहेता पनि हाल बिभिन्न सामाजिक कार्य गर्ने संघ–संस्थाहरुले बेला–बेलामा रक्तदान कार्यक्रमहरु गर्ने गरेकोले उक्त सोचमा परिवर्तन ल्यादै अब आएर रगतका लागी सर्वसाधारणहरुले दुःख नपाईरहेको र सुर्खेतमा पनि ब्लड बैंकको आवश्यकता रहेको कुरामा जोड दिए ।
कार्यक्रममा डिस्ट्रक अफिसरहरु लायन्स , बसन्तकुमार रेग्मी, किशोरकुमार रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा लायन्स क्लव अफ सुर्खेत, बुलबुलेका अध्यक्ष लायन्स नवराज गुरुङ्ग, काँक्रेविहारका विन्दु नेपाल वीरेन्द्रनगरका खगिसरा शाही र सुर्खेत बुलबुलेका स्वास्थ्य निर्देशक लायन्स सिताकुमारी शर्मा लगायतको उपस्थिति रहेको थियो ।

जोन चियर पर्सन पराजुलीका अनुशार, बिगत समयमा  जिल्लामा रगत आवश्यक परेको बेला रक्तदान गर्नै व्यक्तिहरुलाई व्यक्तिगत रुपमा बोलाएर विरामीलाई रगत दिने कार्य हुन्थयो भने, केहि समय पश्चात नेपाल रेडक्रस सोसँईटी संग लायन्स क्लबले संयुक्त रुपमा रक्तदान कार्यक्रमहरु संचालन भय पश्चात हाल रगत खोजीहिड्नु पर्ने समस्या समाधान भएको छ ।
IMG_3441

यसै गरी कार्यक्रममा उपस्थित अथितीहरुले स्वागत मन्तव्य दिएका थिए । लियो क्लब अफ भैरवस्थानका तृतिय उपाध्यक्ष लायन्स तुलाराम तिमिल्सेनाले सहजीकरण गरेको कार्यक्रममा, लायन्स क्लव अफ सुर्खेतका अध्यक्ष ला.खड्ग गौतमले स्वागत मन्तव्य दिएका थिए ।
शनिवार भएको रक्तदान कार्यक्रमा कुल ३०  पिन रगत संकलन गर्ने लक्ष्य भएता पनि सामाग्रीकोे अभावका कारण जिल्लाका सुशिलबहादुर सिंह, टिकाराम सापकोटा, तिलक प्रसाद गौतम, अरुण बहादुर शाहि, रेखा कोईराला, सुरज थापा,  बिज्ञान ओझा, खड्कबहादुर चन्द मनिसा कौशल, रुद्रबहादुर गाहा, सुबोध सदाशंकर, लक्ष्मण कडेंल जगत बिष्ट, पुनम श्रेष्ठ, निरढकाल कार्कि, सुस्मा गिरी र झलक शाहि लगाएतले दिएको रगत गरी कुल १७ पिन रगत संकलन भएको आयोजकले जानकारी दियो ।