पञ्चपुरी नगरपालिकाका विरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग


३० मंसीर, सुर्खेत । “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व/कर्तव्य हाे भने नि:शुल्क रगत पाउनु पीडित(बिरामी)हरूकाे नैसर्गिक अधिकार हाे”

नारा र लक्ष्य अनुसार संचालित नेपाल स्वयंसेवी रक्तदाता समाजको हालसालै मात्र पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा गठित नेपाल स्वयंसेवी रक्तदाता समाज पञ्चपुरी नगर समितिको आज बसेको बैठकले पञ्चपुरी नगर भित्रका विरामीहरुकालागि निःशुल्क रगत उपलब्ध गराउनकालागि नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

समाजका नगर अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा बसेको आजको पहिलो बैठकले यही मंसीर २२ गतेका दिन नगर समिति गठनका क्रममा सुर्खेत शाखाका अध्यक्ष एवं समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालवीर भण्डारीलाई आफ्नो नगरमा रहेका विरामीहरुकालागि निःशुल्क रगत उपलब्ध गराउन अनुरोध गर्नुभएकोलाई निर्णय नै गरेर नगरपालिकामा पत्र पठाउने  भएको नगरसमिति अध्यक्ष घिमिरेले बताउनुभयो ।

त्यस्तै बैठक लालवीर भण्डारीको संयोजकत्वमा नगर समितिको ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ जस्को सदस्यहरुमा तिलकराम अधिकारी र रामप्रसाद सापकोटालाई चयन गरेको छ ।