नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको दशौं रक्तदान कार्यक्रममा ४४ जनाले गरे जीवनदान


नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आयोजना गरेको दशौं ऐतिहासिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सोह्रखुट्टे, वडा नं. १६ स्थित लेखनाथ साहित्य सदनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा व्यवसायीहरूले उत्साहपूर्वक रक्तदान गर्नुभएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले संघका अध्यक्ष केशब बहादुर सुनारलाई रक्त संकलन हस्तान्तरण गरी कार्यक्रमको विधिवत् उद्घाटन गरिएको कार्यक्रममा ४४ पिन्ट रगत संकलन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यलाई संस्थाका पूर्व अध्यक्ष टंक बरैलीले आफ्नो जीवनको ठूलो हिस्सा रक्तदानमा समर्पित गर्नुभएकोमा खादा पहिराई सम्मान गर्नुभयो भने कार्यक्रमका सभापति केशरबहादुर सुनारले सम्मान-पत्र प्रदान गरी सार्वजनिक रूपमा अभिनन्दन गर्नुभएको थियो ।

संघका महासचिव त्रिलोचन बिश्वकर्माले सहजीकरण गर्नुभएको कार्यक्रमको व्यवस्थापन र संयोजनमा चन्द्र खाती र संघका सहकोषाध्यक्ष रञ्जित बिश्वकर्माको भूमिका रहेको थियो ।