
“प्रत्येक स्वस्थ यूवायूवतीहरुले आफ्नो १८ औं बर्षको जन्मोत्सव सँगै रक्तदानको शुभारम्भ गरौं ।” भन्ने नारालाई आत्मसाथ गर्दै संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाले रगत र रक्ततत्वको अभावमा कोहि पनि व्यक्तिले मृत्यु वरण गर्न नमरोस् भन्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
गण्डकी प्रदेशका सर्वाधिका रक्तदाता (९३ पटक) लक्ष्मण गुरुङ्गले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्धघाटन गर्नुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का कार्यवाहक अध्यक्ष प्रमुख अथिति पुर्णचन्द्र न्यौपानेले कार्यक्रमका प्रथम रक्तदातालाई रक्त संकलन थैलि हस्तान्तरण गर्नु भएको थियो । नेपाल औषधी व्यवसायी संघ कास्की अध्यक्ष धिरज गौतम, रोटर क्लब अफ पोखरा भ्यालीका संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मी, नविन बराल र रानीपौवा स्पोर्ट्स सेन्टरका संचालक सुभाष बस्नेतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा महिला तथा पुरुष गरि जम्मा ३५ जना ले रक्तदान गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष दिपेन्द्र अधिकारीले आफ्नो ३९औं जन्मोत्सव सँगै ४९ औं पटक रक्तदान गर्नुभयो । रक्तदान सँगै कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदानलाई जन्मदिनमा मात्र सिमीत नगरी प्रत्येक ९०दिनको अन्तरालमा रक्तदान गर्नुपर्ने र स्वस्थ मुटु, बिरामीको ज्यान बचाउनका लागि, आफु निरोगी रहनका लागि साथै सामाजिक कार्यका लागि नियमित रूपमा रक्तदान गर्नु पर्ने बारे महत्व दशाउदै रगत र रक्ततत्व बारे आफ्नो अभिव्यक्ति प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा समाजका सल्लाहकार जितेन्द्र शाक्यले आफ्नो ९१औं पटकको रक्तदान गर्नुभएको थियो भने ८ जना नयाँ रक्तदाताहरुले पहिलो पटक रक्तदान गर्नुभएको थियो ।
कार्यक्रम सहकार्य रोटरी क्लव अफ पोखरा भ्याली र परिवर्तनका पाईला इन्भेस्टमेन्ट प्रा लि गरेको थियो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले गरेको थियो । कार्यक्रम संचालन संस्थाका सचिव विशाल अर्याल ले गरेका थिए ।



Prawash Kumar Shakya । १० माघ २०८२, शनिबार १६:४१ बजे