रक्तदाता समाजको हेटौडा नगर समिति गठन


२३ माघ, हेटौंडा । नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत मंगलबार एक भेलाका बीच हेटौंडा नगर समिति गठन गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष एवं  “रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक”,”रगत महानायक” प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटाैंडा नगर समिति गठन गरिएको हो ।
भेलाको उद्घाटन गर्दै अध्यक्ष कर्माचार्यले रगतको अभावमा कसैको ज्यान जान नपरो भन्दै संस्थाले स्वयंसेवी रक्तदाताहरुको जन्म गराउनकालागि विभिन्न जिल्लाहरुमा जिल्ला शाखा एवं नगर तथा वडा कमिटि गठन गरेको बताउनुभयो ।

त्यस्तै भेलाले उपाध्यक्षमा सानुकाजी पाण्डे, सचिवमा राजेश वाग्ले, कोषाध्यक्षमा सानुकाजी बास्ताकोटीलाई चयन गरेको छ भने सदस्यहरुमा क्रमश: बिज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदीलाई चयन गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर जिल्ला शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानले नव गठित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउंनु भएको थियोे । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज हेटाैंडा नगर समितिकाे तर्फबाट अध्यक्ष पूर्णप्रसाद अर्यालद्वारा प्रमुख अतिथि र सभापतिलाई मायाकाे चिनाे स्वरूप ठेकी उपहार दिनुभएको थियो ।