भक्तपूरको थिमिमा ४३ पिन्ट रगत संकलन


१२ फागुन, भक्तपूर / मध्यपूर थिमिमा रहेको स्वनिग: बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं स्थापना दिवसको उपलक्ष्यमा ८ औं खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

सहकारीको शिक्षा तथा सामाजिक उप-समिति र महिला उप-समितिले संयुक्तरूप आयोजना गरिएको कार्यक्रमको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले देशभर रगतको अभाव भैरहँदा यसरी विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम गर्दा धेरै नै सहज हुने बताउँदै उहाँले प्रत्येक यूवाहरुले आफ्नो १८ औं बर्षको जन्मोत्सव सँगसँगै रक्तदानमा लाग्न आग्रह गर्नुभयो ।

संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सोम तामाङ्गले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष चन्द्रगोपाल श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा ११ जना महिला तथा ३२ पुरुषले रक्तदान गर्नुभएको थियो भने समापनमा रक्तदान कार्यक्रम उप-समितिका सदस्य उत्तमकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि कर्माचार्यले रक्त थैली हस्तान्तरण गरेर गरिएको थियो ।