काठमाण्डौंको गोदावारीमा २६ पिन्ट रगत संकलन


४ असोज, काठमाडौं । रगत आपूर्ति र बितरणमा भईरहेकाे बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज गाेदावरी नगरपालिका अन्तर्गत वडा नम्बर १४ स्थित लाक्षी टाेलमा आज एक बिशेष सम्मान तथा रक्तदान कार्यक्रम एवं ५ किलोमिटर सडक दाैड प्रतियोगिताकाे समेत आयाेजना गरि दशैंकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक” स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रमका प्रमुख अतिथि गाेदावरी  नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई रक्त संकलन थैली हस्तान्तरण गरेर रक्तदान कार्यक्रमकाे शुभारम्भ गरिएको कार्यक्रममा महिला पुरुष गरि २६ जनाले रक्तदान गर्नुभएको थियो ।

झी बर्यानी पुच: का अध्यक्ष निराेज महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा बिशेष अतिथि गाेदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी, अतिथिमा १४ नम्बर वडाका वडाध्यक्ष निराेज बज्राचार्यले आआफ्नो भनाई राख्नुभएको थियो ।