ललितपुर । नेपालमा डिजिटल स्वास्थ्यमाकार्यरत हेल्थ यादआयो र बंगलादेश स्थित सोही क्षेत्रमाकार्यरत क्लिीनिकल लिमिटेड वीचअन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवाविस्तारका लागि सहकार्य भएको छ । उक्त सहकार्यसँगै दुबै संस्थाले सो सेवाशुभारम्भ गरेका हुन् ।
यस सहकार्य अन्तर्गत बंगलादेशका सेवाग्राहीहरुले अव नेपालका विशेषज्ञ चिकित्सकहरुसँग अनलाइन माध्यमबाट परामर्श लिन सक्नेछन् । साथै जटिल स्वास्थ्य समस्याकालागि काठमाडौँकाअन्तर्राष्ट्रिय स्तरका अस्पतालहरुबाट मेडिकल सेकेन्ड राय सुझावप्राप्त गर्ने सुविधा समेत उपलव्ध गराइएको छ ।
हेल्थ यादआयोले आफ्नो टेलिमेडिसिन एपीआई उपलव्ध गराई नेपालीविशेषज्ञ चिकित्सकहरुको विवरण तथाअस्पतालहरुसँगको समन्वय र सूचना प्रविधि प्रणाली क्लिीनिकल बंगलादेश सँग एकीकृत गरेको छ । यो सहकार्यले विरामीहरुलाई सुरक्षित, सहज र प्रभावकारी रुपमा घरमै बसेर स्वास्थ्य सेवाप्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ। यो सहकार्य दक्षिण एसियामा डिजिटल स्वास्थ्य सेवाको विस्तार तर्फ महत्वपूर्ण कदम भएको हेल्थ यादआयोका प्रमुखकार्यकारी अधिकृत विमल बरालको भनाइ छ । उहाँ भन्नुहुन्छ– हामीसूचनाप्रविधिमार्फत स्वास्थ्य सेवामापहुँच सहजबनाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ । क्लिीनिकलसँगको साझेदारीले विरामीहरुलाई गुणस्तरीय अन्तर्राष्ट्रिय स्वास्थ्य सेवाप्रदान गर्न थप मद्दत गर्ने बरालको विश्वास छ ।
त्यसैगरि क्लिीनिकल लिमिटेडका सह–संस्थापकतथाप्रमुख सञ्चालनअधिकृत परवेज अहमदले नेपालको हेल्थ याद आयो सँग सहकार्य गर्न पाउँदा उत्साहित भएको र यस साझेदारीले बंगलादेशका विरामीहरुलाई नेपाली विशेषज्ञ चिकित्सहरु सम्म सहज पु¥याउने विश्वास व्यक्त गर्नुभयो । डिजिटल स्वास्थ्य सेवामार्फत गुणस्तरिय उपचार पहुँच योग्यबनाउने हाम्रो उद्देश्यलाई यो सहकार्यले थप बल पु¥याएको छ अहमदले बताउनुभयो । उहाँ भन्नुभयो “दुबै संस्थाले यस सहकार्यलाई भविष्यमा नेपाल र बंगलादेशमा मेडिकल टुरिजम प्रवर्धन तथाअन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सहकार्य विस्तार गर्ने आधारका रूपमा लिएका छन् । साथै प्रविधिमा आधारित स्वास्थ्य सेवाको विकास गर्दै क्षेत्रीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवामापहुँच बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यस सहकार्यलाई दक्षिण एसियामा डिजिटल स्वास्थ्य सेवाको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
स्मरणीय छ, नेपालको एक मात्र डिजिटल मेडिकल भ्यालु ट्राभल प्रदायक संस्था हेल्थ यादआयोले विगत २ वर्षदेखि नेपालमा विशेषज्ञ चिकित्सक सँग घरबाटै परामर्श, ल्याव परिक्षण, औषधी सेवातथाविदेशमाउपचारको सरल सहजिकरण गर्दैआएको छ ।
प्रमुखकार्यकारी अधिकृत बरालकाअनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर नेपाल भित्र काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालका प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवालिन सक्ने सुविधाउपलब्ध गराउँदै आएको छ । यसका साथै छिमेकी मुलुक भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका जस्ता विभिन्न देशहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरु संग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एप कै माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।
हेल्थ यादआयो मोवाइल एप मार्फत कुनै पनिविरामीले उपचारको योजना बनाउनकालागि भनेर प्रारम्भिक लागत, समय, उपचारका विधिहरुका बारे पूर्व जानकारी पाउन सक्छन् । त्यति मात्र होइन, विदेश जाने विरामीकालागि आवास व्यवस्थापन, यात्राको लागि समन्वय, आवश्यक भए प्रवेशाज्ञा (भिसा) सम्मको प्रक्रिया सहज बनाउने जिम्मा पनि यो प्लेटफर्मले लिएको छ ।
प्रमुख कार्यकारी अधिकृत बरालको नेतृत्वमा सञ्चालित यो प्लेटफर्मको उद्देश्य केवल एउटा एप उपलब्ध गराउनु मात्र होइन, आमनागरिकलाई आफ्नो स्वास्थ्यको विषयमा निर्णय लिन सक्षम र सशक्त बनाउनु पनि हो । ‘हेल्थ यादआयो’ भन्नासाथ अब झन्झट, लाइन, टोकन, फाराम भन्ने सम्झना होइन, सहज, छरितो र विश्वासिलो सेवा प्राप्तिको अनुभूति हुन्छ । स्वास्थ्य सेवा अब केवल सुविधा सम्पन्न महानगरका व्यक्तिका लागि मात्र होइन, प्रविधिमा जोडिएका दूर दराजमा बसोबास गर्ने सबै नागरिककालागि सहज र सुलभ बनोस् भन्ने लक्ष्य सहित हेल्थ याद आयो अघि बढिरहेको छ ।
नेपाल जस्तो विकट भूगोल भएको मुलुकमा डिजिटल स्वास्थ्य सेवा सरल र प्रभावकारी बनाउने यो प्रयास वास्तव मै उल्लेखनीय छ । रोगको डर भन्दा उपचार प्रक्रिया बढी झन्झटिलो लाग्ने अवस्थामा यो डिजिटल माध्यमले केवल स्वास्थ्य सेवा पहुँचमा सहज हुनुका साथै आमनागरिकको आत्मविश्वास पनि बढाउँछ । घरमै विशेषज्ञ सँग सल्लाह, परीक्षण र औषधि सेवा उपलब्ध हुनु अब कल्पना होइन, यथार्थमा परिणत भएको बरालको दाबी छ ।



Prawash Kumar Shakya । २२ जेष्ठ २०८३, शुक्रबार १२:११ बजे