
२१ साउन, सुर्खेत । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मालिका समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जाजरकोटले संयूक्तरुपमा जिल्लामा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा भरखरै रुकुमपश्चिममा स्थापित रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा १ जना महिला सहित १५ जनाले रक्तदान गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोट, जाजरकोट अस्पताल, मिशन अस्पताल रुकुमपश्चिम चौरजहारी, रेडक्रस सोसाइटी जाजरकोट, रेडक्रस सोसाइटी उपशाखा चौरजहारी, नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट र अमर डिजिटल फोटो स्टुडियोले सहयोग गरेको स्वयंसेवी रक्तदाता समाज जाजरकोटका अध्यक्ष सोजन शाक्यले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । २१ श्रावण २०८०, आईतवार १६:४७ बजे