महिला विभाग गठन


मुना हमाल ।

सुर्खेत, २४ साउन ।
THE-TRITNA-300x75
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीहरुले महिला विभाग गठन गरेका छन् । महिलाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले आइतबार महिला बिभाग गठन गरेका हुन । उषा किरण तिवारीको अध्यक्षतामा महिला विभाग गठन गरिएको हो । जसको उपाध्यक्षमा चन्द्रना सिनैट, सचिवमा तिर्सना हमाल, महासचिवमा सिर्जना लामिछाने, उपसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा दीपिका शर्मा रहेका छन् ।
यस्तै  विभिन्न उपसमितिका ११ सयोजकहरुलाई पनि गठन गरेको गरिएको छ । युवा पराजुली, सिर्जना सापकोटा, रिता चपाई र कविता प्याकुरेललगायत संयोजकमा चयन भएका छन् ।