
१३ श्रावण, काठमाडौं / अन्तर्राष्ट्रि
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई अनवरत रक्तदानको क्षेत्रमा काम गर्दै आउनुभएकोमा कार्यक्रमका सभापति कार्यालय प्रमुख गजेन्द्र प्रसाद यादवले प्रशंसा-पत्र प्रदान एवं धन्यवाद गर्नुभयो ।
त्यसैगरि कार्यक्रमकाे आयाेजना गरेकोमा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाद्वारा पनि प्रशंसा-पत्र प्रदान गरिएकाे साे कार्यक्रमकाे संयाेजन तथा सञ्चालन पशुपति घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा महिला तथा पुरूषगरि जम्मा ३७ जनाले रक्तदान गर्नुभएको थियो ।
यसैवीच आज सुर्खेतको वीरेन्द्रनगरमा लायन्स क्लब अफ सुर्खेत बुलबुले, सुर्खेत गंगामाला, सुर्खेत सेरोफेरो, सुर्खेत गुराँस, सुर्खेत सिद्धपाइला, सुर्खेत काँक्रेविहार र सुर्खेत वीरेन्द्रनगरले संयूक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले मानवीय जीवनको महत्वपूर्ण पक्ष रगत जुन पसलमा किनेर पाइदैन् त्यसैले ४५ केजी तौल भएका स्वस्थ यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगै रक्तदान गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले रगत महत्वपूर्ण चिज हो जसलाई रेडक्रसले रक्तसञ्चार केन्द्र सञ्चालन गरेर व्यवस्थापन गरिरहेको जानकारी गराउँदै विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम संचालन गरेको आभार प्रकट गर्नुभयो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एन का द्वितिय भाइस डिष्ट्रिक गभर्नर लायन MFJ टिकाराम चपाईको प्रमुख आतिथ्यतामा सम्पन रक्तदान कार्यक्रममा महिला पुरुष गरि ३९ जनाले रक्तदान गरेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले गरेको थियो ।
Milan Shrestha । १३ श्रावण २०८१, आईतवार २०:४६ बजे