निशुल्क स्वास्थ्य शिविर ।


गुगल तस्विर ।

मुना हमाल ।
फागुण, ०९, सुर्खेत ।
सुर्खेतको जिल्लाको पुर्वि सिम्ता गाँउपालीका वडा नं ४ मा जेष्ठ नागरीक निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले माघ २० गतेदेखि स्वास्थ्य शिविर संचालन गरेको हो ।
उक्त शिविरमा पुरुष १५ र महिला २६ गरी जम्मा ४१ जना जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिइएको सिम्ता गाँउपालीका स्वास्थ्य शाखाका सह–संयोजक गणेश वलीले जानकारी दिए ।
सिम्तामा संचालन भएको शिविरमा उक्त रक्तचाप ,दम,आँखाको समस्या ,अर्थराइटिस म्यास्टिक, न्युरोटिस लगाएतका रोगको उपचार गरीएको थियो ।
हाल सम्म सिम्ता गाउँपालिकाको वडा नं. ४, ६, ७, ८ र ९ गरी कुल ५ वटा वडामा शिविर सम्पन्न भइसकेको छ ।