१९ सावन, नेपालगञ्ज (बाँके) । बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगञ्जले आज आफ्नो १८औं बार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
दैलेखी समाजको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय टू प्रोको सह–आयोजनामा आयोजित रक्तदान कार्यक्रम गरिएको दैलेखी समाज बाँके नेपालगञ्जका अध्यक्ष पूर्णदेव गिरीले जानकारी दिनुभयो । कार्यक्रममा समाजका अध्यक्ष गिरी, कार्य समिति सदस्य पूर्ण कुमारी थापाले प्राविधिक सन्दिप आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्य समिति सदस्य मीन बहादुर मल्लले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, ओय टू प्रो की सञ्चालक रितिका थारु, समाजका वरिष्ठ उपाध्यक्ष डिल बहादुर थापाले प्राविधिक निलम भुषाललाई रगत संकलन गर्ने थैली संयुक्त रुपमा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा दैलेखी समाज बाँकेका नेपालगञ्जका अध्यक्ष पूर्णदेव गिरी, समाजका वरिष्ठ उपाध्यक्ष डिल बहादुर थापाद्वारा सञ्चालित रक्तदान कार्यक्रममा हिरामणि दाहाल, संगिता गिरी, सुर्य कामी, भक्त बहादुर बोहरा, अमित चौधरी, श्याम गोपाल कठरिया, सन्देश परियार, पञ्च चौधरी, सुखिया चौधरी, किरण बुढा क्षेत्री, कमलराज गिरी, राकेश डगौरा, भिम प्रसाद तिमिल्सिना, सुदिप चौधरी, ओपिला बुडामगर, सुशान्त बैश्य, ओय टू प्रो की सञ्चालक रितिका थारु, सन्तोष कुमार बिक, दानिश कठरिया, सरोज केसी, नम बहादुर थापा, रबिन चौधरी, दिपक थारु, रामकुमार चौधरी, ईश्वर सोनी, दिपक शाही, बीना थापा, गीता देवकोटा, कृष्ण प्रसाद चन्द ,करुना परियार, कमला रावत, श्रष्टि थारु, सरिता कुमारी चौधरी, अञ्जु थारु, बिमला रावत, सुमन कुमारी थारु, निरज लम्साल, समर बिक, झरना चौधरी, नयन मल्ल, ललिता शाही, बिभु गिरी, निम बहादुर गिरी, सुशील थापामगर, प्रमेश थारु, लक्षमण सन्जयाल, जितेन्द्र गिरी लगायत ५० जनाले रक्तदान गर्नभएको थियो ।
कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सन्दिप आचार्य, निलम भुषाल, बीरेन्द्र योगी, केशर सिंह डाँगीले प्राविधिक सहयोग गर्नुभएको थियो भने दैलेखी समाज बाँकेका आजीवन सदस्य डिल्ली प्रसाद न्यौपाने, ग्लोबल ओरियन्स नेपालका सञ्चालक सन्तोष चौधरी, दिनेश चौधरी, शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा १५ महिला सहित ५० जनाले रक्तदान गरेको प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ ।
Prawash Kumar Shakya । १९ श्रावण २०८१, शनिबार १७:२९ बजे