फागुन ७, मधेसको एउटा बस्तीको कथा समेटिएको चलचित्र ‘फागु’ फागुन ७ गतेदेखि देशभरिका चलचित्र भवनहरूमा एकसाथ प्रदर्शन हुँदैछ ।
अभिनेत्री करिश्मा मानन्धरको प्रस्तुतिमा उनका श्रीमान् विनोद मानन्धरले निर्माण गरेको चलचित्र ‘फागु’मा नायिका शिल्पा पोखरेल शीर्ष भूमिकामा छिन् । शिल्पा चलचित्रमा तराईको एउटा गाउँको धनाढ्य परिवारकी छोरी हुन्छिन्, जसको विवाह सामान्य युवक सुवाससँग हुन्छ । पतिव्रता नारी फागुको सुन्दरतामा नजर लगाउने र उनको अपुताली सम्पत्तिमा आँखा गाड्ने खलपात्रहरूले उनलाई बर्बाद पार्ने प्रयत्न गर्छन् र त्यही द्वन्द्वमा अघि बढेको छ चलचित्र फागुको कथा ।
यसअघि चलचित्र मेघाको निर्देशन गरिसकेकी निर्देशक सम्झना उप्रेती रौनियारको यो दोस्रो चलचित्र हो । ‘फागु’ मा वसन्त सापकोटाको संगीत, हिमाल केसीको द्वन्द्व, विपिन मल्लको सम्पादन, कमल राईको नृत्य एवं रामशरण उप्रेतीका छायांकन छ । छांयाकार उप्रेतीले वीरगन्ज तथा आसपासका गाउँहरूको दृश्यलाई आकर्षक ढंगबाट क्यामेरामा उतारेका छन् ।
साभारः साप्ताहिक




Milan Shrestha । ७ फाल्गुन २०७२, शुक्रबार ०४:०९ बजे