सुजन ढकालको “सुनकेशरी”को म्युजिक भिडियो सार्वजनिक


तस्विरः आर्थिकसमाचार ।

माघ,९ सुर्खेत । सुर्खेतीका पप गायक सुजन ढकालको गीत “सुनकेशरी”को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक ढकालकै शब्द, सगीत र स्वर रहेको गीतमा मानषी किरणको सगीत संयोजन रहेको छ। गायक ढकालको सोलो डेब्यु एल्बम ‘डेप्थ’मा समाबेश “सुनकेशरी”गीतको म्युजिक भिडियोलाई ललितपुरको विभिन्न रमणीय पार्कहरुमा छायांकन गरिएको दृश्यहरु हेर्न सकिन्छ ।

“सुनकेशरी”को भिडियोमा पछिल्लो समयकी चर्चित मोडेल सुजना ढकाल र यसै गीतको भिडियो मार्फत डेब्यु गरेका दिवस खड्काको अभिनय रहेको छ ।सुजन ढकाल र माधव अधिकारीको कन्सेप्ट एबम् निर्देशनमा तयार भिडियोमा बिकाश अधिकारी र निकेश महर्जनको सिनेमाटोग्राफी रहेको छ । पुराना चर्चित फिल्म एबम भिडियोका चर्चित सम्पादक राजेन्द्र खड्काको कलर करेक्सेशन र सम्पादनमा तयार भिडियोलाई हाइलाइट्स नेपालको युट्युब मार्फत रिलिज गरिएको हो ।
साभारः आर्थिकसमाचार ।