राजु र राधिकाको दोहोरीले ततायो स्टेज, झुमे दर्शक



मिलन श्रेष्ठ
माघ,१६ दैलेख । सांस्कृति र खेलकुदको संरक्षण गरौं,डुङ्गेश्वर खेलकुद तथा पर्यटन महोत्सव सफल पारौं भन्ने मूल नाराका साथ यहि माघ १५ गते बुधबार देखी डुङ्गेश्वर गाउपालिकाको डुङ्गेश्वर बजारमा संचालन भएको डुङ्गेश्वर पर्यटन, खेलकुद तथा सांस्कृतिक महोत्सव २०७६को दोस्रो दिन आज जब लोकदोहोरी एवंम् राष्ट्रिय गायिक राधिका हमाल र स्वरका धनि तथा लोकदोहोरी गायक राजु केसीको घम्साघम्सी दोहोरी चल्यो तब मेला हेर्न आएका दर्शकहरु पनि गीत संगै झुमेर नाचिरहनु भएको थियो ।

यसै गरी महोत्सवमा राष्ट्रिय नृत्यगना मौषमी रानामगर, पार्वती पुनमगर पनि आफ्नो प्रस्तुतीमा दर्शकहरुलाई भरपुर मनोरंजन गराई नचाए भने अर्को तर्फबाट हास्य कलाकार तिर्थ भण्डारीले आफ्नो प्रस्तुतीमा दर्शकहरुलाई मज्जाले हसाउनु भएको थियो भने स्थानिय गायक सर्वजीत थापाले पनि आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

 

डुङ्गेश्वर सांस्कृतिक महोत्सव २०७६ दोस्रो दिन आज दिनभरको कार्यक्रम संचालनको जिम्मा लोक दोहोरी राष्ट्रिय प्रतिस्थानका प्रथम उपाध्यक्ष अभिषेक अनुराग र गोबिन्द भारतीको रहेको थियो ।