सर्वाधिक शतक रक्तदाता कर्माचार्यद्वारा नयाँ रक्तदान उत्प्रेरणा गीत रेकर्ड


नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज रक्तदान जागरण गीत रेकर्ड गराउनुभएको छ ।

कर्माचार्यको रचना रहेको गीतमा डा. स्मृति शाक्यको स्वर रहेको छ भने संगीत संयोजन हरिशरण सायमीको रहेको छ । शतक रक्तदाता कर्माचार्यले रगत र रक्ततत्वबाट कसैले ज्यान गुमाउनु नपरोस् पनि विभिन्न जनचेतनामूलक रक्तदान उत्प्रेरणा गीतहरु उत्पादन गर्दै आउनुभएको छ । साथै उहाँले कर्णाली लगाएतका विभिन्न जिल्लाहरुमा यूवापुस्ताहरुमा रक्तदान उत्प्रेरणाकालागि रक्तदान गर्दै आउनुभएको छ । उहाँले हाल सम्म १ सय ८२औं पटक रक्तदान गरिसक्नुभएको छ ।

सर्वाधिक शतक रक्तदाता कर्माचार्यले रक्तदान कर्मलाई आफ्नै मर्म ठानी आ-आफ्नो क्षेत्रबाट सहयाेग पुर्याइ स्वयंसेवी रक्तदाताहरूलाई सांगीतिक क्षेत्र मार्फत उत्प्रेरणार्थ याेगदान पुर्याउन गीतमा स्वर दिनुहुने डा. स्मृति शाक्य र संगीत/संयाेजन गर्नुहुने हरिशरण साय्‌मि र स्ट्रीङ्ग रेकर्डिङ स्टुडियो परिवार लगागत सम्पूर्ण सहयाेगीहरूमा आभार एव धन्यवाद व्यक्त गर्नुभएको छ ।

नयाँ रक्तदान उत्प्रेणा गीतः
रक्तदान सबले गर्नुपर्ने पुण्य काम
रक्तदान राम्रो काम पुण्य काम
मानवीय भावना मानवमा हुनु पर्छ
एकएक मिलेर जगत जाेगाउनु पर्छ
याे बुझेर हामी सबले रक्तदान गर्नुपर्छ
आउआउ हामी सबले हातेमालाे गराैं
रक्तदान सबले आफ्नो दायित्व ठानाैं
याे जीवन जगत बुझेर नै रक्तदान गराैं