तिमिल्सिना वाङमय प्रतिष्ठानद्वारा २ श्रष्टा सम्मानित


पवन जायसवाल 

३२ सावन, बाँके । बाँकेको नेपालगन्जमा तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्ज बाँकेले रामेश्वर कमलादेवी स्मृति पुरस्कार अर्पण तथा रचना वाचन कार्यक्रममा दुई जनालाई श्रावण ३२ गते शुक्रवार सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोपाल प्रसाद शर्मा अधिकारीले वि.सं. २०७९ सालको पुरस्कार नेपाल संस्कृत बिश्व बिद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.भागवत प्रसाद शर्मा रिजाललाई ११ हजार १ सय ११ रुपैया र संस्थाको तर्फबाट बि.सं.२०८० सालको पुरस्कार मानव आश्रम सुर्खेतरोड नेपालगन्जका प्रमुख उर्विन सापकोटालाई ११ हजार १ सय ११ रुपैया सहित सम्मान गर्नुभएको हो ।

सम्मान गर्दै प्रमुख अतिथि शर्मा अधिकारीले सबैले आ–आफना माता पिताको सम्मान गर्न कहिले पनि बिर्सनु नहुने तथा यो एउटा पून्य काम भएको बताउँदै, यस किसिमको कार्य अरु व्यक्तिबाट पनि जानुपर्ने औल्याउनुभयो ।

तिमिल्सिना वाङमय प्रतिष्ठान अध्यक्ष मीना बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रतिष्ठानका संरक्षक हरि प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।