धरानः सप्तरीमा एमालेको मेची महाकाली अभियानका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या पाँच पुगेको छ।
सोमवार प्रहरको गोली लागेर घाइते भएका सप्तरी मध्यपुराका ५५ वर्षीय इनर यादवको शुक्रवार उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। पेटमा गोली लागेर गम्भीर घाइते भएका यादवको शल्यक्रिया गरी प्रतिष्ठानको सघन उपचारकक्ष (आईसीयू)मा उपचारका मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टका हबल्दार मीन कार्कीले बताए।
सप्तरीको गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्र नजिकै प्रहरीसंगको झडपमा गोली लागेर सञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने पीताम्बरलाल मण्डल, आनन्द साह र विरेन्द्रकुमार मेहताको उपचारका क्रममा प्रतिष्ठानमै मृत्य भएको थियो।
मृतकको पोष्टमार्टम सुरु
सप्तरी घटनामा गोली लागेर मृत्यु भएकाहरुको शल्यपरीक्षण सुरु गरिएको छ ।
सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा घाइतेको निशुल्क उपचार गर्ने घोषणा गरेपछि मोर्चाका नेताहरु र पीडित परिवारको सहमतिमा चिकित्सकहरुले सप्तरी घटनाका मृतकहरुको शल्यपरीक्षण सुरु गरेको बताइएको छ।
चिकित्सकले मृतकहरुको शल्य परीक्षण सकेपछि परिवारलाई शव बुझाइने सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए।
साभारः अन्नपूर्णपोष्ट



Prawash Kumar Shakya । २७ फाल्गुन २०७३, शुक्रबार ०९:५० बजे