कोरोनाबाट कर्णालीमा १ यूवकको मृत्यु


२३ जेठ, सुर्खेत । कोरोनाको कहर यतिवेला कर्णालीमा तिब्र छ । यतिवेला कर्णालीमा कोरोनाको कारण एक जना यूवकको मृत्यु भएको छ ।

क्वारेन्टाइनमा बसेर घर फर्किनुभएका सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका १ हाँसेका २० बर्षिय यूवकको  मृत्यु पछि स्वावको नतिजा पोजेटिभ आएसंगै कोरोनाको पुष्टी भएको हो ।

यही जेठ ७ गते भारतबाट  आउनुभएका उहाँलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । आरडीटी नेगेटिभ आएपछि २१ गते दिउँसो घर फर्किनुभएका उहाँको त्यही राती २ बजे मृत्यु भएको थियो ।

यसैवीच जुम्लाको चन्दननाथ ८ को तलिउम स्थित क्वारेन्टिनमा वसेका एक ६५ बर्षिय पुरुषको मृत्यु भएकाे छ । मृतकको स्वाव सं‌‌कलनकाे लागि लागि चिकित्सक टाेली तलिउममा गएकाे बताइएको छ