रगत र रक्ततत्वलाई निःशुल्क बनाउनुपर्छः शतक रक्तदाता कर्माचार्य


१९, भाद्र, काठमाडौं / The Next Education Consultant Pvt. Ltd. ले काठमाण्डौंको बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कन्सल्टेन्सीले आज आफ्नो २०औं वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयाेजना गरि बार्षिककोत्सब मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्दै दान दिएको रगतलाई सरकारले शुल्क तोकेको र त्यसलाई निःशुल्क बनाउन पर्छ भनेर संगठित रुपमा काम अगाडी बढाईरहेको बताउनुभयो । हुनत केही प्रदेश तथा पालिकाले आफ्ना नागरिकलाई रगत र रक्ततत्व निःशुल्क गरेको छ यस्कालागि हामी धन्यवाद ज्ञापन गर्छौ तर संघीय सरकारले देशभर नै रगत र रक्ततत्वलाई निःशुल्क बनाउन आग्रह गर्नुभयो ।

The Next Education Consultant Pvt. Ltd. का CEO शालिकराम भण्डारीले सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५४ जनाले रक्तदान गर्नुभएको कार्यक्रमका संयाेजन माेहन अधिकारीले जानकारी दिनुभयो ।