नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सवको अवसरमा गुल्मीमा रक्तदान कार्यक्रम सम्पन्न


२१ साउन । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको विशेष अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा एक भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी, गुल्मी जिल्ला अस्पताल, तथा नेपाल प्रहरी परिवारको संयुक्त सहकार्य रहेको थियो । बिहान ७ बजे सुरु भएको कार्यक्रममा उत्साहजनक सहभागीता रहेको थियो ।

रक्तदान कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष ध्रुब पाण्डेको नेतृत्वमा कार्यसमिति सदस्य झवि पाण्डे, सदस्य निर्मला पोखरेल, सन्देश मरासिनी, सरोज पन्थी लगायतको सक्रिय भूमिका रहेको थियो । त्यसैगरी गुल्मी जिल्ला अस्पतालबाट स्वयंसेवी रक्तदाता सदस्यहरू रमेश पन्थी र राजु मरासिनीले पनि कार्यक्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुर्‍याउनु भएको थियो ।

कार्यक्रममा ३५ जना स्वयंसेवीहरुले रक्तदान गर्नुभएको थियो । समाजका अध्यक्ष ध्रुब पाण्डेले रक्तदानजस्तो जीवनदायी कार्यमा प्रहरी परिवार, अस्पताल, र स्वयंसेवीहरूको सहकार्य उदाहरणीय भएको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल प्रहरी श्रीमती संघ गुल्मीकी अध्यक्ष  समाजसेवामा प्रहरी परिवारको सक्रिय भूमिकालाई अझ सशक्त बनाउँदै रक्तदान जस्ता मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो ।