
३० भाद्र, ललितपुर / स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आफ्नो ११औं वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान कार्यक्रमकाे आयाेजना गरि मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तसंकलन थैली कार्यक्रमका सभापति किरणकुमार महर्जनलाई हस्तान्तरण गरि शुभारम्भ गर्दै कर्माचार्यले रक्तदानलाई केवल बार्षिक कार्यक्रममा मात्र सिमित नराखि, सकिन्छ भने तीन/तीन महिनाकाे अन्तरालमा हाेईन भने बर्षमा दुईपटक भएपनि रक्तदान कार्यक्रमकाे आयाेजना गर्न आयोजकलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरूले सामुहिक तवरले कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य एवं नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका कार्यकारी सदस्य तथा Un-Call-Donor O Neg. दशबहादुर महर्जनलाई थसिकाे मााैलिक उत्पादन परालबाट तयार पारिएको कलात्मक कुर्सी मायाकाे चिनाे र सम्मान पत्रले सम्मान गरिएको थियो ।
नरेन्द्र महर्जनकाे संयाेजनमा जुजुभाइ महर्जनले सहजीकरण गर्नुभएको कार्यक्रममा ५६ पिन्ट रगत संकलन गरिएको थियो ।




Prawash Kumar Shakya । ३० भाद्र २०८१, आईतवार १७:५६ बजे