
१० गते,काठमाडौं/ काठमाण्डौंको हात्तीगौडामा आज ७४ पिन्ट रगत संकलन गरिएको छ । हात्तीगौडा कम्प्लेक्सको मुल आयोजना एवं मार्ग दर्शक सुधार केन्द्र र प्रन्सिपल अफ लाइफ ड्रग एण्ड अल्काेहल रिहाय्बितेशन सेन्टर सह-आयाेजनामा सम्पन्न कार्यक्रममा ७४ पिन्ट रगत संकलन गरिएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा हात्तीगौडा कम्प्लेक्स् सञ्चालक समितिका अध्यक्ष जयकुमार खड्काले कम्प्लेक्स्का कार्यकारी प्रमुख प्रवीण खड्कालाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियाे ।
कार्यक्रममा समाजका अध्यक्ष शतक रक्तदाता कर्माचार्यले दिनप्रतिदिन रगतको माग बढ्दै गइरहेकोले टोलटोलमा रक्तदान कार्यक्रम हुन जरुरी रहेको बताउँदै यस्कालागि स्थानीय सरकार र सम्पूर्ण यूवापुस्ता डटेर लाग्नुपर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ “यहाँ धेरै यूवाहरुमा रक्तदान गर्न अवसरको खोजीमा रहेकाछन् त्यस्कालागि हामीले उत्प्रेरणा हुने कार्यक्रम गर्नुपर्छ ।”



Prawash Kumar Shakya । ११ कार्तिक २०८१, आईतवार १९:१४ बजे