शिखर इन्योरेन्सले आज आफ्नो बार्षिक उत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्स कम्पनीले सुर्खेतले पनि आज रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधक सहयोगमा गरेको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गर्नुभएको शिखर इन्स्योरेन्स सुर्खेत शाखाका प्रमुख नवराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “हाम्रो इन्स्योरेन्सको २०औं बर्षको बार्षिक उत्सवको अवसरमा मानवीय जीवनको सर्वोत्तम कार्य आज रक्तदान गरि मनाएका छौं ।” त्यस्तै कार्यक्रममा इन्स्योरेन्स कर्णालीका प्रमुख गणेश जोशीले अहिलेको समयमा देशभर रगतको माग अत्याधिक भैरहेको छ आजको हाम्रो यो कार्यक्रमले केहीहद सम्म भएपनि सहयोग पुग्ने बताउनुभयो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक देपेन्द्र केसीले अहिले सुर्खेतमा पनि रगतको अभाव भैरहेको अवस्थामा ६१ पिन्ट रगत संकलन हुनुले धेरै राहत हुने बताउनुभयो । “उहाँ भन्नुहुन्छ यसरी नै संघसंस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गर्न सके रगत अभाव कम हुने थियो ।”
Prawash Kumar Shakya । ३० कार्तिक २०८१, शुक्रबार १८:५८ बजे