पूर्वमा असहायको दर्बिलो सहारा बन्दै डा.सुनिल शर्मा


६ मंसिर । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि पूर्वको मोरङ्गमा नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बन्नुभएको छ । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर विरामीहरुको उद्दार गर्दै आउनुभएको छ ।

गाउँ-गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी-खोजी उपचार गर्दै आउनुभएका डा.शर्माले विगत एक साताको अवधिमा ३ जना बिरामीको उद्दार गर्नुभयो । उहाँले बेलबारी नगरपालिका-४ बाट ३ जना बिरामीलाई घरैमा एम्वुलेन्स पठाएर नोबेल अस्पताल ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउनुभएको हो । आर्थिक अभावका कारण उपचारमा समस्या बेहोर्दै आउनुभएकी बेलबारी-४ हिमाली चौककी ७२ बर्षिया सम्झना लिम्बुलाई डा.शर्माले उद्दार गरेर नोबेल अस्पतालमा निःशुल्क उपचार गराइरहनुभएको छ ।

लिम्बु उपचारका लागि करिव ३ लाख खर्च गरिसकेर पनि अझै ठिक नभएपछि उनी थप उपचार गर्ने पैसा अभावमा लामो समयदेखि थला परेर बस्नुभएको थियो । उपचार गर्न नसक्दा पेट पनि सुन्निएर उठ्न र बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी श्रीमतिलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएको भन्दै उहाँका श्रीमान दिलप्रसाद चेम्जोङले खुःशी व्यक्त गर्नुभयो । ‘हामी जस्ता गरिवलाई हेर्ने पनि मान्छे रहेछन् ।’ हषिर्त हुँदै ८२ बषिर्य दिलप्रसादले भन्नुभयो ‘सुनिल शर्माको साच्चै ठुलो दिल हुनुहुँदो रहेछ ।

सामाजिक सेवामा लागिपर्नुभएका डा.शर्माले यसअघि पनि धेरै गरिव तथा बिपन्न बिरामीलाई उद्दार गर्नुभएको नोवेल अस्पतालले जनाएको छ ।