जुम्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा गठन


कर्णाली प्रदेशको जुम्लामा आज नेपाल स्वयंसेवी रक्तदाता समाजको जिल्ला शाखा गठन भएको छ ।

समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक (१८०औं पटक) शतक रक्तदाता प्रेमसागर कर्माचार्यको उपस्थितिमा समाजको जुम्ला शाखा गठन गरिएको हो । जुम्लाको खलङ्गामा आयोजित एकभेलाले रत्नबहादुर रोकायको संयोजक्तवमा ११ सदस्यी जुम्ला शाखा गठन गरेको हो ।

त्यस्तै भेलाले सदस्यहरुमा क्रमशः टासी तामाङ्ग, महेन्द्र कार्की, विशाल महत, विक्लेस बुढ्थापा, अनिल बुढ्थापा, धिरेन्द्र काफ्ले, शारदा पाछी, अंगत देवकोटा, कर्ण गिरी र लंक कार्कीलाई चयन गरेको छ भने सल्लाहकारमा डा. नन्दलाल खत्री, राम सिंह रावत, डिल्लीबहादुर रोकाय, रतन शाही, जंग बुढा, महेश नेपाली र डिवी बुढालाई चयन गरेको छ ।

नवनिर्चाचित तदर्थ समितिलाई समाजका केन्द्री अध्यक्ष प्रेमसागर कर्माचार्यले बधाई ज्ञापन गर्दै रगतका कारण कसैले ज्यान गुमाउन परोस त्यसकालागि क्रियाशिल भएर लाग्न अनुरोध गर्नुभयो । उहाँ भन्नुहुन्छ “यहाँ मैले धेरै सम्भावित रक्तदाता देखेको छु मात्र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने मुख्य कुरा हो अब जुम्लाका सम्पूर्ण यूवापुस्तालाई सक्रिय भएर रक्तदानमा लाग्न म अनुरोध गर्दछु ।”

आज नै जुम्लामा रहेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा शतक रक्तदाता कर्माचार्यले आफ्नो १८०औं पटको रक्तदान गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ।

जुम्लामा सर्वाधिक शतक रक्तदाता कर्माचार्यद्वारा १८०औं पटकको रक्तदान