

नेपालगन्ज (बाँके) । “विश्व कुष्ठरोग दिवस भव्यताका साथ सफल पारौ, एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौं” भन्ने नाराका साथ ७२ औं विश्व कुष्टरोग दिवसको उपलक्ष्यमा माघ ११ गते पत्रकार संगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साइनिङ्ग अस्पताल आई.एन.एफ.नेपाल बाँके, विश्व कुष्ठरोग दिवसको उपलक्ष्यमा अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रम माघ १४ गते सम्पन्न भएको छ । साइनिङ्ग अस्पताल आई.एन.एफ.नेपाल बाँके, बि.एन.एम.टी.नेपाल, नेपाल कुष्ठरोग निवारण संघ बाँके, आईडिया नेपाल बाँके, टीबी नेपाल बाँके र स्वास्थ्य कार्यालय बाँके, संयुक्त आयोजनामा ७२ औं विश्व कुष्ठरोग दिवसको उपलक्ष्यमा अन्तर्क्रिया कार्यक्रम गरिएको थियो ।
साइनिङ्ग अस्पताल, आई.एन.एफ.नेपाल बाँकेका प्रशासन प्रशासन तथा सम्पर्क याम बहादुर केसीद्वारा सञ्चालित कार्यक्रममा साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुद्वारा कुष्ठरोग बारेमा परिचय दिदैं हाल नेपालमा प्रति वर्ष २५०० को हाराहारीमा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने गर्दछन् । नेपालले सन् २०१०मा नै राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गरिसकेको छ ।
आ.ब. २०८०–०८१ प्राप्त तथ्याँक अनसुार देशका १८ जिल्लाहरुमा कुष्ठरोगको प्रभाव दर प्रति १०हजार जन संख्यामा १ भन्दा उच्च (PR>1/10000 population) रहेको छ । आ.बा.०७९–०८० को तुलनामा आ.बा.०८०–०८१ मा उच्च प्रभाव दर रहेको जिल्लाको सँख्यामा बृद्धी भएको छ ।
साईनिङ्ग अस्पताल आई.एन.एफ. नेपाल बाँके आ.बा.०८१–०८२ को पहिलो छ महिना आई एन एफ नेपाल गैर सरकारी सँस्था हो । सन् १९५२ मा स्थापना भएको यो सँस्था नेपालको सबै भन्दा लामो सेवामा समर्पित सँस्था हो । साईनिङ्ग अस्पताल आई एन एफ नेपाल बाँके आई एन एफ नेपाल सँस्था बाट सँचालित अस्पताल हो । यो अस्पताल पूर्ण रुपले कुष्ठरोगी बिरामीहरुको सेवामा समर्पित अस्पताल हो । सदा झै यस अस्पतालले आफ्नो अस्पताल र यस सँग सम्बिनधित बिभिन्न परियोजनाहरु मार्फत बिभिन सेवाहरु प्रदान गर्दे आएको छ । आर्थिक बर्ष २०८१÷०८२ को पहिलो ६ महिनाका मुख्य उपलब्धिहरु यस प्रकार रहेका छन् ।
१.बहिरंग सेवा तर्फ ९६१४ जना सेवाग्राही, २. नयाँ कुष्टरोगी पहिचान तथा प्रेशण ५८ जना, (४१ पुरुष र १७ महिला) जस मध्ये (बाँकेका २३, बर्दियाका १५, सुर्खेतका १, दैलेखका १, जाजरकोटका २, दाँगका १,सल्यानका २, रुकुमका १, सुदुरपश्चिमका २ र भारतीय १० जना) ३.अन्तरँग सेवा तर्फ भना७९ जना, ४.कुष्ठरोगी निदान तथा अनुगमनको लागी प्रयोगशाला परिक्षण ४७३ जना, ५.स्वास्थ्य समस्या पहिचान तथा अनुगमनको लागी अन्य प्रयोगशाला परिक्षणबाट नयाँ कुष्ठरोगी पहिचान १४३१० परिक्षण, ६.अपाङ्गता सिघ्र पहिचान तथा रोगथामको लागी स्नायूको कार्य क्षमता जाँच ७९८जना, ७. अपाङ्गता तथा रोगथामको लागी सहयोगी सामाग्री तथा जुत्ता बितरण ९०.जना, ८. अपाङ्गता तथा रोगथामको लागी फिजियो थेरापी अभ्यास ४५ जना ९.नेपाल सरकारका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागी कुष्ठरोग सम्बन्धि क्षमता अभिबृद्घि गर्न कुष्ठरोग आधारभुत तालिम (द्यीत्) ७६ जना,१०.नेपाल सरकारको स्वास्थ्य संस्थासँग आबद्घ महिला स्वास्थ्य स्वयम सेबिकाहरुको लागी कुष्ठरोग सम्बन्धि क्षमता अभिबृद्घि तालिम १४७ जना, ११. कुष्ठरोग सम्बन्धि जनचेतना बढाउन आमा समूहको सदस्यहरुलाई कुष्ठरोग सम्बन्धि अभिमुखिकरण तालिम ५० वटा ग्रुप को १११६ जना आमासदस्यहरु,१२.पालिका स्तरीय जनप्रतिनिधिहरुको लागी कुष्ठरोग सम्बन्धि अभिमुखिकरण २१जना बैजनाथ गा.पा. र डुडुवा गा.पा.मा, १३.समुदाय स्तरमा कुष्ठरोग पहिचान शिबिर १ ठाँउमा २३६ जना सेवाग्राही, १४.कुष्ठरोगको सम्पर्कमा रहेका कुष्ठरोगी बिमारीको परिवार तथा छिमेकीहरुको सम्पर्क परिक्षण ८७५ जना, १५.अपाङ्गता भएका कुष्ठरोगी बिरामीहरुको स्थितिमा सुधार ल्याउनको लागी रिकन्स्ट्रक्टिभ सर्जरी १९जना, १६.कुष्ठरोग अनुसन्धानात्मक कार्यहरु हाल अस्पतालमा कुष्ठरोग सम्बन्धित २ ओटा परियोजनाहरु सञ्चालित छन् । हरियो खर्क अस्पतालको अगुवाईमा १ ओटा परियोजना तथा द्यल्ःत् ल्भउब िको आर्थिक सहायता र सहकार्यतामा अर्को अनुसन्धानमूलक परियोजना अगाडी बढी रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कुष्ठरोग प्रेषण अस्पतालका रुपमा रहेको बाँकेको जानकी–३ स्थित आइएनएफ साइनिङ अस्पतालका अनुसार नयाँ फेला परेका विरामी मध्ये बाँकेका २३ जना, बर्दियाका १५ जना र अरु अन्य जिल्ला तथा सीमापारीका छन् । साइनिङ अस्पताल प्रमुख मंगल थारुले बहिरंग सेवामा ९ हजार ६१४ जनाको जाँच गर्दा ५८ जना नयाँ कुष्ठरोगी भेटिएको बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेका क्षय÷कुष्ठरोग फोकल पर्सन रविन्द्र साहले जिल्लामा पछिल्लो ५महिनामा ३६ जनाले औषधि सेवन गरी रहेका छन । जस मध्ये कोहलपुरबाट १०, नेपालगञ्जबाट ८, डुडुवा गा.पा.५ जना, राप्तीसोनारी ४ जना तथा बैजनाथ गा.पा., खजुरा गा.पा. र नरैनापुर गा.पा. २–२ जना रहेका छन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले नेपालले सन् २०१० मा कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य प्राप्त गरेको । देश निवारण भई सक्यो तर बाँके जिल्ला निवारण भएको छैन बाँकेमा अहिले प्रभावदर बढ्दै गएको बताएका छन् । हरेक बर्ष झै यस बर्ष पनि बिश्व कुष्थरोग दिवस २०८१ हाम्रो अगाडी छ । यस बर्षको बिश्व कुष्थरोग दिवस २०८१ माघ १३ गते (२०२५ जनवरी २६ तारीख) आइतवार परेको जानकारी गराएका थिए ।
शरीरमा नचिलाउने र छुँदा थाहा नहुने रातो वा फुस्रो दाग वा दागहरु देखा पेरमा, हात, खुट्टा(गोडा) झम्झमाउनु पोल्नु, हात खुट्टा तथा आँखाको माँसपेशी कमजोर हुदै जानु, स्नायुहू सुनिनु वा पिडा हुनु, कानको लोती बाक्लो र चिल्लो भम्किलो देखिनु, शरीरमा गिर्खाहस् देखा पर्नु, हात खुट्टामा नदुख्ने घाउहरु द्येखिनु, आँखी भौ झर्नु लगायतका लक्षणहरु देखिने बित्तिकै नजीकको स्वास्थ्य संस्थामा पठाई दिने र यसको औषधीहरु सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइन्छ ।
दिवसको उपलक्ष्यमा साइनिङ अस्पतालले अन्तर्क्रिया कार्यक्रम गरेर कुष्टरोगको पछिल्लो अवस्थाको बारेमा साइनिङ्ग अस्पताल, आई.एन.एफ.नेपाल, बाँकेका अस्पतालका प्रमुख मंगल बहादुर थारुले जानकारी गराएका थिए । अन्तर्क्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलाई अस्पतालका प्रमुख मंगल बहादुर थारु र स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाहीले खादा ओढाएर स्वागत गरेका थिए, बिएनएमटी नेपालका दिपेन्द्र पाण्डे लगायतले आ–आफना बिचार राखेका थिए ।
Prawash Kumar Shakya । ११ माघ २०८१, शुक्रबार २०:२७ बजे