एक्टीभ युवा क्लबको आयोजनामा २१ जनाले गरे रक्तदान


नेपालगन्ज (बाँके) । ६१औं रक्तसंचार सेवा स्थापना दिवसको अवसरमा श्रावण १२ गते मंगलवार रक्तदान कार्यक्रमको अयोजना गरी मनाइएको छ । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल खजुरामा क्यान्सर रोगको बिरामीलाई रगतको अति आवश्यक परेकोले रक्तदान कार्यक्रम गरिएको हो ।

खजुरा गाउँपालिका वार्ड नं. ६ स्थित रहेको एक्टीभ युवा क्लबको दोस्रो पटक रक्तदान कार्यक्रमको आयोजनामा शान्तिनगर बाँकेमा आयोजित खजुरा रक्त सञ्चार ईकाई केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित २१ जनाले रक्तदान गरेका छन् ।

एक्टीभ युवा क्लबका अध्यक्ष खेम सरन खत्री, क्लबका उपाध्यक्ष शनी श्रेष्ठ, शतक रक्तदाता पवन जायसवाल, खजुरा गाउँपालिका वार्ड नं.–६ का वडा सदस्य यमदिप घिमिरे, जन कल्याण माध्यमिक बिद्यालय शान्तिनगर बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बल बीर घिमिरेले संयुक्त रुपमा सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल खजुरामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी, प्राविधिक कागल बढही, हिरा बिकलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्घाटन गर्नु भएको थियो ।

रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी अनुसार उक्त कार्याक्रममा भिम बहादुर बिक, संगीत शाही, काली बहादुर, मनोज शाही, सुकलाल घर्ती क्षेत्री, प्रकाश कटुवाल, जन कल्याण माध्यमिक बिद्यालय शान्तिनगर बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बल बीर घिमिरे, गोबिन्द शाही, पूर्ण बिक, क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शनी श्रेष्ठ, प्रकाश सिंह ठकुरी, राम परियार, सपना बिक, सरिता बस्याल, हरि बहादुर बुढाथोकी, अनिल पाठक, अशोक सिंह ठकुरी, क्लबका सचिव जीवन घिमिरे, कलिम कसाई, बिशाल ढुंगाना र पुष्कर परियार लगायत २१ जनाले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा खजुरा रक्त सञ्चार ईकाई केन्द्रका प्रमुख होमराज गिरी, काजल बढही, हिरा बढही र अर्जुन केसीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।