गौरब शाहको जन्मोत्सवको अवसरमा १०१ जनाले गरे रक्तदान



पवन जायसवाल

नेपालगन्ज । “सेवा नै धर्म हो” भन्ने मूल नाराक साथ गौरव स्मृति तथा वीयोर सेल्फ फाउण्डेशनको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा १२ महिला र ८९ पुरुष गरी १०१ जनाले रक्तदान गरेका छन् ।

फाउन्डेशनका उपाध्यक्ष करण शाहद्वारा सञ्चालित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मधु शाहको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका वरिष्ठ प्राविधिक अधिकृत तथा प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपमहानगर प्रमुख प्रशान्त बिष्ट, विशिष्ट अतिथि तथा फाउन्डेशनका जग्गादाता, समाजसेवी माधवराम वर्मा, बासका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी पुरैनी उप शाखाका सभापति शिव कुमार वर्मा, समाजसेवी तथा फाउण्डेशनका शुभचिन्तक हरिश गुप्ता, प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, बचत तथा ऋण सहकारी संस्था बाँकेका अध्यक्ष प्रेम शाह लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा फाउन्डेशनका संरक्षक प्रदीप साहले स्वागत मन्तव्य व्यक्त गर्दै गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेशनका संस्थापक अध्यक्ष स्वर्गीय गौरव शाहको पौष १३ गते जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका संरक्षक प्रदीप शाहले जानकारी दिनुभयो । उहाँका अनुसार फाउण्डेशनले बाँके जिल्लामा सामाजिक तथा मानवीय सेवाका विविधि कार्यहरु गर्दै आएको छ । पछिल्लो चार वर्षदेखि नियमति रुपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएको बताउनुभयो ।

संरक्षक प्रदीप शाहले रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताउँदै नेपालगन्जमा प्रायः समय रगतको अभाव रहने र विशेषगरी पहाडी जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई थप समस्या हुने गरेकोले गर्दै त्यस्ता नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले रक्तदान गर्दै आएको औल्यानुभयो ।

कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करण साहू, सदस्य शिवम् शाह, मधुर खबर डटकमका प्रकाशक÷सम्पादक मधु पौडेल, समसुतद्दीन खान, सैफली हलवाई, चन्द्र प्रसाद जैसी, शंकर पासवान, अर्बिन पाल, सन्देश थापा, शुभम् शाहू, अनमोल बहेलिया, आदिल शेष, रुमा रेउली, सुजन सिटौला, पदम खरेल, रुबी नेपाली, दुर्गेश कनौजिया, अंकित गुप्ता, करन भण्डारी, नरेश बम, सुरज थापा, आरती मिश्रा, पुनम बोहरा, अर्बिन लोध, अहसन सिद्दीकी, अर्बिन सुनार, रीना रेग्मी आचार्य, सञ्चारकर्मी प्रबिन पोरवाल, निखिल शाह, बिशाल मानन्धर, भीम सोनी, पासाङ्ग शेर्पा, हृदय आचार्य, लादिन खान, बिक्की गुप्ता, निरज कटेल, अंकुर सिंह, राज कुमार कश्यप, कोहिनूर सिंह, सुशान्त शाही, अभिशेष थापामगर, प्रकाश रोकाया, प्रिन्श गौतम, अंकित यादव, दिनेश हमाल, रबि मल्ल, सौगात आचार्य, राज थापा, सुमित्रा शाही, दुजबल थापा, मोहम्मद सुवेब अन्सारी, आशीष चौधरी, प्रबिन सिजाल, पारस साह, सुशील चौधरी, नवाज शाह, पाशकल बिष्ट, मो. इल्लियास कुरैशी, आस्था हमाल, दिपेश गजमेर, दिपेन्द्र कुमार रावत, अनमोल जंग थापा, बरुण सिंह ठकुरी, अभिशेक हलवाई, अनिता जायसवाल, असलम खान, सुरज नेपाली, राम चन्दर कलवार, सञ्जय ठाकुर, तुसार प्रजापति, अशोक जायसवाल, राकेश पथिक, अयोध्या कोरी, निलु ओली, आलोक मिश्र, सुजित कुमार बैश्य, बिशाल धामी, सन्देश खडका, जैद अन्सारी, सौरभ सिंह, क्रिस सुनार, समीर रसाइली, शिवम् गुप्ता, राज पाण्डेय, कुशग्राह बर्नवाल, बिवागं महाजु, नवराज त्रिपाठी, अनुप शाही, नविन गिरी, सिद्धार्थ श्रेष्ठ, रोहित कुमार काँदू, उमंग गुप्ता, अभिशेक गिरी, गुञ्जन श्रेष्ठ, आदिल इद्रिसी, लक्ष्मी पासवान, रजत सोनी, बिशाल शाही, अजय कुमार गोडिया, टोपेन्द्र भिएस लगायतले रक्तदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, सुनिता कुमाई, पुनम राना, कविराज जैसी, प्रशान्त थारु, ओम प्रकाश गोडिया र बीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहू, बृजलाल साह, बाँकेका शतक रक्तदाता पवन जायसवाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, साहू समाज युवा समितिका अध्यक्ष राम किसुन साहू, मोतीलाल साहू लगायतको सहभागिता रहेको थियो ।

फाउन्डेशनले नेपालगन्ज स्थित हडियाबाबाको आश्रममा लाग्ने गरेका मेलामा साधु सन्तहरुको आँखा तथा कान जाँच गरिनुका साथै निशुल्क अप्रेशन, गर्मीको समयमा पानी बितरण, सरसफाई, रक्तदान कार्यक्रम लगायत बिभिन्न किसिमका चेतनामूलक कार्यक्रम पनि गर्दै आई रहेको छ ।