साहित्यकार डा. हरि प्रसाद तिमिल्सिना पुरस्कृत


पवन जायसवाल

नेपालगञ्ज (बाँके) । लक्षिमा–शेर बहादुर रानाभाट स्मृति पुरस्कारद्वारा एक कार्यक्रमका बीच साहित्यकार डा. हरि प्रसाद तिमिल्सिनालाई नेपालगञ्जमा पुरस्कृत गरिएको छ । डा. तिमिल्सिनाले साहित्य क्षेत्रमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै भेरी साहित्य समाज केन्द्रीय समिति बाँकेले नगद राशी रु.१५ हजार १ सय १ रूपैयाँको लक्षिमा–शेर बहादुर रानाभाट स्मृति पुरस्कारले सम्मान तथा पुरस्कृत गरेको हो ।

नेपालगञ्जका निवासी साहित्यकार भरत बहादुर रानाभाट र उहाँका भाई भिम बहादुर रानाभाटले आफ्ना स्वर्गीय आमा लक्षिमा रानाभाट र बुवा स्वर्गीय शेर बहादुर रानाभाटको स्मृतिमा बि.सं.२०७२ सालमा भेरी साहित्य समाज केन्द्रिय समितिमा रु. १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गरेका गर्नुभएको थियो । उहाँहरूको बुवाको निधन चैत १८ गतेका दिन भएको थियो ।  उक्त लक्षिमा–शेर बहादुर रानाभाट स्मृति पुरस्कार दिँदै आई रहेको छ ।

कार्यक्रममा पुरस्कारका बारेमा भरत बहादुर रानाभाटले प्रकाश पार्नुभएको थियो । पुरस्कृत व्यक्तित्वको बारेमा लेक प्रसाद प्याकुरेलले जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य स.स्थाका सचिव प्रभात सुवेदीले ब्यक्त गरेका थिए । सोही अवसरमा डा. पूर्ण बहादुर शाही, डा. विष्णु बहादुर केसी, डा. चक्र प्रसाद अधिकारी, डा. जगत खत्री तिमिल्सिना, डा. कविन्द्र भट्टराई, डा. राजकुमार थारुलाई पनि सम्मान गरिएको थियो ।

संस्थाका केन्द्रिय अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षतामा वरिष्ठ कथाकार सनत कुमार रेग्मीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव गीता अर्यालले गर्नुभएको थियो ।