कुमार शम्सेर थापा
२७ चैत्र, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)ले गर्दा देश लकडाउनमा भएको अवस्थामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बजारमा अतिआवश्यकिय सामाग्रीका पसलहरु खोल्ने समय तोकिएको छ ।
वीरेन्द्रनगर बजार क्षेत्रकालागि सुर्खेत उद्योग बाणिज्य संघले अतिआवश्यक बस्तुका पसल खुला गर्न एउटा समय बनाएको संघका महासचिव लक्ष्मण कँडेले जानकारी दिनुभएको छ । हामीले प्रशासन संगको अनुमतीमा अतिआवाश्यकिय सामाग्री जस्तै खाद्य, तरकार तथा दुधजन्य पदार्थका पसलहरु खुला गर्नकालागि विहान ७ बजेदेखि ९ बजे र दिउँसो १ बजेदेखि ३ बजे सम्म खुला गर्नेछौ । साथै हामीले घरदैलो सेवापनि दिइरहेका छौं । महासचिव कँडेलले भन्नुभयो ।
कोरोना भाइरसको यो महामारीमा हामी सबै भएका हुँदा सरकारले दिएको निर्दशनलाई पालना गरि पसल खुला हुन्छ भनेर ग्राहकहरुले भिडभाड नगरिदिनुहोला । निश्चित मापदण्डको घेरा भित्र रहेर कारोवार गरिदिनुहोला । महासचिव कँडेलले अनुरोध गर्नुभयो ।
त्यस्तै वीरेन्द्रनगरमा रहेका बैंकहरु विहान ११ बजेदेखि १ बजे सम्म मात्र खुल्ने बताइएको छ । तर बैंकमा जादा भने पहिला सम्बन्धित बैंकमा सम्पर्क गरेर र मात्र जान कुमारी बैक सुर्खेतका प्रवन्धक हिमाल मुडभरीले बताउनुभयो ।




Prawash Kumar Shakya । २७ चैत्र २०७६, बिहीबार १५:१९ बजे