मिलन श्रेष्ठ
२० जेठ, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले बुधबारदेखि सुर्खेतका सवै व्यवसाय तथा पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले आज (मंगलबार) एक विज्ञप्ति जारी गरी लकडाउनले उद्योग व्यवसाय धरापमा परेको भन्दै एकलौटी रुपमा सम्पूर्ण पसलहरु खोल्ने निर्णय सार्वजनिक गरेको हो ।
सरकारद्धारा घोषित लकडाउनलाई बेवास्ता गर्दे संघले उक्त निर्णय गरेको हो । संघले लकडाउन कै कारण व्यापार व्यवसाहरु दिनानुदिन धरासयी बन्दै गईरहेको भन्दै सुरक्षित तरिकाले व्यापार व्यवसाय संचालन गर्नका लागी कार्यतालिका निकालेको छ ।
संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कंडेलले मंगलबार(आज) एक प्रेस विज्ञप्ती जारी गर्दै संघको तालिका अनुशार आ–आफ्नो व्यापार व्यवसायीहरु संचालन गर्न आग्रह समेत गुर्नु भएको छ । यसै गरी संघका अध्यक्ष धनबहादुर रावतले, कतिपय व्यवसायीको दैनिकी व्यवसायबाट नै चल्ने थाहा हुदा हुदै पनि नेपाल सरकारले व्यवसायीहरुलाई बेवास्ता गरेको र निजि क्षेत्र बिकल्पबिहिन बन्नुका साथै लकडाउकै कारण सुर्खेतका बस्तुगत लगायतका अन्य व्यवसायीहरु चरम पीडामा रहेकोहुदा आफुहरुले सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राखेर बजार खुलाने निर्णय गरेका हौ ।
यसै गरी संघका महासचिव लक्ष्मण कंडेलले कर्णाली प्रदेश सरकार, प्रशासन र सम्वन्धित निकायमा पटक पटक हाम्रा समस्याहरु राख्दा पनि समाधान नभएकाले र व्यवसायीका सामग्री पसलमैं सड्ने अवस्था आएकाले यस्तो निर्णय गर्नुपरेको बताए । सरकारले २५ गते सम्म कर तिर्न उर्दी जारी गरी आँफुहरुलाई कर लादिएको तर लक डाउनको समयमा पसल खोल्ने उपयुक्त बातावरण निर्माण नगरिएकाले निर्णय गरिएको र यो निर्णय रुपन्देही, पाल्पा लगायतका नेपालका अन्य जिल्लामा पनि गरिएको बताए ।
संघका अनुशार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म सम्पुर्ण पसलहरु खोल्ने र त्यसबाहेकका फलफुल, तरकारी, डेरी, ग्यांस पसहरु भने बिहान ५ बजेदेखि ९ बजे सम्म र सांझ ५ बजेदेखि ८ बजेसम्म खोलिने छन् ।
संघले आज जारी गरेको बिज्ञप्तीमा शनिवार भने सम्पुर्ण पसलहरु बन्द रहने छन् भने यस अघि हप्ताको ३ दिन सोमबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि ९ बजेसम्म २ घण्टा संचालन हुदै आएका थिए ।



Milan Shrestha । २० जेष्ठ २०७७, मंगलवार १६:४६ बजे