दुई दर्जन गजल गुञ्जिने


भाद्र १६, सुर्खेत ।

कर्णालीका एक दर्जन गजलकारका दुई दर्जन प्रतिनिधि गजलहरु एकै मञ्चमा एकैदिन गुञ्जिने भएका छन् ।

१५३ औं मोती जयन्तीको अबसर पारेर मध्यपश्चिमाञ्चल गजल मञ्च कर्णाली प्रदेशको आयोजनामा पाँचौ बार्षिक उत्सब तथा स्रष्टा सम्मान कार्यक्रमको अबसरमा सुर्खेतमा गजल गुञ्जिने पक्का भएको छ ।

कार्यक्रम संयोजक पहल असिमका अनुसार कार्यक्रमको भब्य तयारी भैरहेको छ । भाद्र २३ गते सुर्खेतमा यस प्रदेशका गजल हस्तिहरुलाई एकै थलोमा राखेर गजल बाचन गरिने र अग्रज स्रष्टालाई सम्मान समेत गरिने असिमले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको राजधानिमा अग्रज र समकालिन गजलकारहरुको भेला र गजल बाचनले गजल साहित्यको श्रीबृदिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।