कर्णालीमा १० नयाँ कोभिडका संक्रमित पुष्टी, नेपालमा संक्रमित ३७६२ पुगे (संसोधित)


२६ जेठ, सुर्खेत । विश्वलाई आतंकित पार्दै कर्णालीमा पनि तिब्रगतिमा बढी रहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमण कर्णालीमा थप १० जनामा पुष्टी भएको छ । यो संगै नेपाल कोभिड १९ का ३ हजार ७ सय ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज अधिराज्यभर ३०८ जना संक्रमित पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ । कर्णालीका नयाँ संक्रमितहरु दैलेखमा ४ जना सल्यानमा ५ जना र सुर्खेतमा १ जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । यो संगै कर्णालीमा संक्रमित संख्या ६५१ पुगेको छ ।