
कैलाली । दिनेश फाउन्डेसन धनगढीले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेसन आफ्नो १३औं श्रृंखलाको रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको हो ।
विगत १२ बर्षदेखी नियमित रुपमा बार्षिक रक्तदान कार्यक्रम गर्दै आएको दिनेश ग्रपुका प्रवन्धक दिपेन्द्र ओझाले बताउनुभयो । रक्तदान कार्यक्रममा फाउन्डेसन संग आबद्ध पदाधिकारी, दिनेश ग्रुपका कर्मचारी लगायत सर्वसाधारणले समेत रक्तदान गरेको म्यानेजर ओझाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा सुदुरपाश्चिम प्रदेशका सर्वाधिक शतक रक्तदाता एवं रक्तदान सदभावना दुत दीपक उपाध्यायको समेत उपस्थिति रहेको ओझाले बताउनुभयो । रक्तदाताहरुलाई म्यानेजनर ओझाले धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २३ श्रावण २०८२, शुक्रबार १६:३० बजे