
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमवार) २९ पिन्ट रगत संकलन गरिएको छ । वीरेन्द्रनगर बजारको शुरुवात क्षेत्र मंगलगढी चोकमा रहेको जापानीज भाषा प्रशिक्षण केन्द्र “वितोकु गाकुएन नेपाल”ले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोगमा २९ पिन्ट रगत संकलन गरिएको हो ।
वितोकु गाकुएन नेपालका प्रवन्ध निर्देशक एवं दुर्लभ समूहका स्वयंसेवी रक्तदाता भुवन खरालले केही दिन यता रगतको अभाव भएको खबर पाएपछि आफ्नो प्रशिक्षण केन्द्रमा अध्ययन गर्ने विद्यार्थीहरुबाट रक्तदान गराएको बताउनुभयो । उहाँले भन्नुभयो “रगत अभावको खबर सुनेका थियौ अनी समाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपालका एडमिन कुमार शम्सेर थापाको सहयोगमा अध्ययनरत विद्यार्थीबाट रक्तदान गर्न लगाएका हौं ।”
रक्तदान गर्नुभन्दा अगाडी कुमार शम्सेर थापा र कर्णालीका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यले विद्यार्थीहरुलाई उत्प्रेरणा दिनुभएको थियो । कार्यक्रममा प्रवन्धक खरालले कर्णालीका सर्वाधिक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यलाई सम्मान गर्नुभएको थियो ।




Prawash Kumar Shakya । २७ आश्विन २०८२, सोमबार १७:५८ बजे