२५ पौष, काठमाडौं / नेपाल आयल निगमकाे ५५औं वार्षिकोत्सबकाे अवसरमा विशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ ।
निगम कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य रहनुभएको थियो
कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका डा. प्रकाश कुमार यादव, नायब कार्यकारी निर्देशक दिपक बराल, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन अध्यक्ष विकास बखती, नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमास कोविद पुन, निर्देशकहरू पूर्ण प्रसाद रिजाल, विनितमणी उपाध्याय, निर्मला आचार्य, र विनि श्रेष्ठको उपस्थिति रहेको थियो ।
निगमका नायब कार्यकारी निर्देशक एवं बजार व्यवस्थापक विरेन्द्र गोईतको संयोजनमा सम्पन्न कार्यक्रममा महिला तथा पुरूष गरि १ सय ४७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो ।
Prawash Kumar Shakya । २५ पुष २०८१, बिहीबार २२:२६ बजे