
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाले रक्तदाता उत्प्रेणार्थ पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । समाजको कास्की शाखाले पर्यटकिय क्षेत्र मर्दी हिमालको बेश क्याम्प सम्मको पदयात्रा गरेको हो ।
कास्की शाखाका अध्यक्ष दिपेन्द्र अधिकारीले यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँग रक्तदान गरि मानवीय जीवन बचाउन लाग्नुपर्छ भन्ने उत्प्रेरणा दिनकालागि अहिलेको समयमा धेरै आन्तरिक पर्यटकको आगमन हुने स्थान मर्दी हिमालको बेश क्याम्प सम्मको पदयात्रा गरेको बताउनुभयो । यात्रामा अध्यक्ष अधिकारी सहित कार्यसमिति सदस्य प्रवोध महत्तो, आजिवन सदस्यद्वय सफल न्यौपाने र डा. रोशन पंगेनी रहनुभएको थियो ।

यात्राका क्रममा पर्यटकहरुलाई रगत र रक्तदानका बारेमा उत्प्रेरणा दिइएको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ “त्यो क्षण मनमोहक भयो, साँची नै हिमालको सामिप्यतामा रमाउँदा सबै कुरा भुलेर सायद उचाइ यहि हो, जहाँ शान्ति र संघर्ष एउटै बन्छन् । बाटो थकाई होइन, आत्माको ध्यान हो । मनभरि र आँखाभरि कैद भएका दृश्यहरु अपूर्व हुने रहेछन् । अनी “रक्तदाता उत्प्रेरणार्थ पद – यात्रा (मर्दी हिमाल) “प्रकृतिको काखमा गरौं रक्तदान जीवन बचाउँने आशमा ।”




Prawash Kumar Shakya । ३ कार्तिक २०८२, सोमबार ११:५२ बजे