अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अबसरमा अन्तरक्रिया



२३ फागुन, सुर्खेत । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश तथा वातावरणिय कृषि तथा विकास केन्द्र केड नेपालको संयुक्त आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ ।

१०९औ अन्तर्राष्ट्रिय महिला श्रमीक दिवसको अवसरमा वीरेन्द्रनगर ११ झुप्राखोलामा बस्दै आएका बादि समुदायका महिलाहरुलाई दिवसको बारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा दिवसको बारेमा जानकारी दिंदै मानवअधिकारकर्मी लक्ष्मी शर्माले महिलाहरुले आंफुहरुलाई घरभित्र मात्रै सिमीत नराखी अधिकारका लागी समेत लड्नुपर्ने बताउनुभयो ।

त्यस्तै वीरेन्द्रनगर नगर कार्यपालीका सदस्य बिष्णु बादिले यहांका महिलाहरु उत्पिडनमा परेकोले आंफुले पनि न्याय दिनको लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै सोहि अवसरका केड नेपालकी वकालत अधिकृत लक्ष्मी चन्दले महिलाहरुको पाठेघर खस्ने समस्याका बारेमा समेत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा सहभागी बादि समुदायका महिलाहरुले आंफुहरुलाई राज्यले आधारभुत आवश्यकताबाटै बञ्चित गरेको गुनासो गरे । आंफुहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा समेत पहिलो पटक जानकारी पाएको भन्दै राज्यले कम्तीमा पनि सुचनाको पहुंचमा आंफुहरुलाई पुर्‍याउनु पर्ने धारणा उहाँहरुको थियो ।