विज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक (भिडियोसहित)



पवन जायसवाल .

नेपालगन्ज (बाँके) । बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्वजनिक गरिएको छ । स्याङ्गबोको आफ्नै युट्युब च्यानल मार्फत गीत सार्बजनिक गरिएको हो ।
डिजिटल युगको बिकास भएसँगै पछिल्लो समय प्रत्येक क्षेत्रमा सहज भएसँगै स्याङ्गबोले युट्युबबाट गीत सार्वजनिक गर्नुभएको छ । डिजिटल प्रविधी सँगै अर्को तिर भने चुनौती पनि थपिएको छ तर कतिपय प्रतिभाहरु यस्तो पनि छन् जसले गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान पनि बनाएका छन ।

सोही क्रममा विगत एक दशक देखि गीत संगीतमा आफ्नो पहिचान बनाउनुभएका पर्सा जिल्लाको बीरगन्जका बिज्ञान स्याङ्गबोको गीतमा स्याङ्गबो सँगै अस्मिता अधिकारीको आवाज रहेको छ । त्यस्तै गितमा स्याङ्गबोको नै शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन एरेन्ज र मिक्स माष्टरिङ्ग बाबु प्रधानको रहेको छ । बिज्ञानले आफ्नो आवाजमा हाल सम्म १० वटा गीत सार्बजनिक गरिसक्नुभएको छ भने १ सय ५० भन्दा बढी गीतहरुको शब्द रचना गरिसक्नुभएको छ ।

निर्मल कुमार लामाको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ र अन्जु तामाङ्गको अभिनय रहेको छ । अन्जु तामाङ्गको यो पहिलो डेब्यु म्युजिक भिडियो हो । गीतमा छायाँकन पवन सुस्लीङ्गले गर्नुभएको छ भने मेकअप शुभाष तिमिल्सिना र भिडियो सम्पादन तथा कलर पनि पवन शुस्लीङ्गले गर्नुभएको छ ।