योगीराज हडियाबाबा मेलामा साधुसन्तको आँखा र कानको निःशुल्क शिविर



पवन जायसवाल

नेपालगन्ज (बाँके) । बाँकेको नेपालगन्जमा योगीराज हडियाबाबाको ६०औँ पुण्य स्मृति दिवसको अवसरमा श्री १००८ योगीराज हडियाबाबा आश्रममा आयोजित धार्मिक मेलामा साधुसन्तहरुलाई निःशुल्क आँखा कानको शिविर आयोजना गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा रामप्यारी मार्ग स्थित रहेको गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनको मुख्य आयोजना, नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको संयुक्त सह–आयोजनामा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
शिविरमा बाँके, बर्दिया, दाङ्ग, कैलाली र मित्र राष्ट्र भारतको बिभिन्न स्थानबाट साधुसन्त, महत्मा गरी निःशुल्क आँखा तथा कान शिविरमा ६ सय ४६ जनाको आँखा र कान परीक्षण गरिएको थियो ।
गौरब स्मृति तथा वियोर सेल्फ फाउण्डेशन नेपालगन्जका संरक्षक प्रदीप शाहका अनुसार ३ सय ४८ जनाको आँखा परीक्षण गरिएको थियो जसमा ३५ जनालाई आँखाको शल्यक्रियका लागी नेत्र ज्योति सँघ बाँके फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा, नेपालगन्जमा रिफर गरिएको थियो भने यसै गरी कान तर्फ २ सय ९८ जनाको कान परीक्षण गरिएको थियो , जसमा १८ जनाको शल्यक्रियाका लागी ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुल्टेक्रा नेपालगन्जमा रिफर गरिएको छ ।

शिविरमा बाँके जिल्ला कै एक जना ८५ बर्षीय महन्त बाबाको दुबै आँखामा समस्या देखिएकोले आकस्मिक निःशुल्क अशल्यक्रियाका लागी रिफर गरिएको गौरब स्मृति तथा वियोर सेल्फ फाउण्डेशन नेपालगन्जका संरक्षक प्रदीप शाहले जानकारी दिनुभयो । उहाँले शिविरमा आएका साधु, सन्त, महन्तहरुमा आँख र कानमा समस्या रहेको देखिएको र आँखा कानकालागि निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा उपस्थित भएका साधुसन्त, महत्महरुको आँखामा मोतिया बिन्दू र कानमा धेरै फोहरका कारणले सुन्ने क्षमतामा कमी रहेको देखिएको शिविरका चिकित्सकहरुले बताएका छन् । धेरै उमेरका कारण सरसफाईमा ध्यान कम दिने र खानपीनमा पनि कमी भएको कारणले यस्तो समस्या आएको बताएका थिए  । शल्यक्रियाकैलागि करीब २० देखि ३० हजार रुपैया सम्म खर्च हुने भएपनि सबै निःशुल्क हुने भएको जानकारी संरक्षक प्रदीप शाहले जानकारी गराउनुभयो ।
उक्त निःशुल्क स्वास्थ्य आँखा तथा कान शिविरमा स्मृति तथा वियोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीप शाह, अध्यक्ष मधु शाह, उपाध्यक्ष करण शाह, कोषाध्यक्ष बिजय कोरी, शिवम् शाह, पासकल बिष्ट, मुन्सी हज्जाम, अरबिन्द पाल, अनिता बस्नेत, शिवम् गुप्ता, कर्ण यादव लगायतको उपस्थित रहेको थियो । प्राविधिकमा फत्तेबाल आँखा अस्पतालबाट प्राप्ती चौधरी, शान्ति शर्मा, सानिया रहिस सिद्दीकी, बिनोद अधिकारी, कृष्ण चौधरी, कृतिका चौधरी, सबिता चौधरी, श्रबिका भुजेल र ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाबाट दामोदर चौधरी, दिल बहादुर थापा, निकिता बोहरा लगायते प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

हडियाबाबाको ६०औँ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा कात्तिक २१ गते देखि सुरु भएको छ दिने योगीराज हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७ सय भन्दा बढी साधु तथा सन्त उपस्थित भएको हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानाकारी गराउनुभएको छ । मेलामा उपस्थित भएका साधु सन्त, महत्माहरुलाई हरेक समयमा खाना नास्ता लगायतको उचित व्यवस्थापनका साथै बिदाईको समयमा कम्मल, दक्षिण आदिको राम्रो व्यवस्था गरिएको थियो र बास बस्नका लागि पनि श्री १००८ योगीराज हडिया बाबा आश्रममा नै व्यवस्था गरिएको थियो ।