
मिलन श्रेष्ठ
सुर्खेत, २३ चैत । विरामीलाई सेवा पु¥याउने उद्देश्यका साथ गणेशजल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–०३ सुर्खेतले एम्वुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना आदानप्रदान सँगै नयाँ योजना समेत सार्वजनिक गरेको हो । विरामीका लागि विभीन्न निकायले एम्वुलेन्स सञ्चालन गरिरहेका र ती सेवा अझै प्रयाप्त हुन नसकेको भन्दै गणेशजलले एम्वुलेन्स सञ्चालन गर्ने जनाएको छ ।
सहकारीका अध्यक्ष प्रेमकुमार विसीले संस्थाले संचालन गरेका बचत तथा ऋण, लघुवित्त कार्यक्रम र कृर्षि तथा एग्रोभेटका सदस्यहरुलाई सुविधा दिने उदेश्यले २०७५ भित्रै एम्वुलेन्स सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
नयाँ वर्षको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा गणेशजलका कार्यसमिति पदाधिकारी तथा सदस्य, शेयर सदस्य, विभीन्न उपसमितिका संयोजक तथा सदस्यहरु कर्मचारीहरुको उपस्थिति थियो ।



Milan Shrestha । २३ चैत्र २०७४, शुक्रबार १४:२४ बजे