
सुर्खेत, ४ भदौ । सुर्खेतमा नयाँ यातायात सेवा सञ्चालनमा आएको छ । सर्वसाधारणलाई सस्तो, सुलभ र भरपर्दो सेवा दिने उदेश्यले यातायात सेवा संचालनमा ल्याएको सुर्खेत बुलबुले यातायात प्रा.लि. जनाएको छ ।
सुर्खेतबाट नेपालगञ्ज तथा दैलेखमा यातायात सेवा शुरु गरेको प्रालिले छिट्टै थप नयाँ गाडीहरु ल्याउने प्रालिका अध्यक्ष सुशील रेग्मीले बताउनु भयो । उहाँले करिब दुई करोड लगानीका साथ आठ वटा वीएडब्लु माइक्रोबाट सेवा शुरु गरिएको समेत वताउनु भयो ।
साभारः राराखबर अनलाइन
Prawash Kumar Shakya । ४ भाद्र २०७३, शनिबार १५:२८ बजे