चट्याङका कारण एकको मृत्यु


भद्रपुर, ७ वैशाख ।
झापामा गए राति चट्याङमा परी एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा–३ बस्ने ४२ वर्षीय नवीन चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनी गए राति ९ बजे आफ्नो खेतमा पानी लगाउन गएका बेलामा सोही समयमा वर्षासँगै चट्याङ परेको थियो । अबेर रातिसम्म घर नफर्केपछि परिवारजनले खोजबिन गर्दा आज बिहान खेतमा उनी मृतावस्थामा फेला परेको बताइएको छ । यसैबीच दुई दिन देखिदेखि राति हावाका साथ हुने गरेका वर्षाका कारण मकै र गहुँबालीलाई नोक्सान भएको तर चैते धानलाई फाइदा पुगेको कृषक बताउँछन् ।