५ असोज, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ अन्तर्गतको बौद्ध टोल विकास संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वीरेन्द्रनगर ९ का वडा अध्यक्ष ऋषि गिरीले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक विकास गिरीलाई संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गर्दै बौद्ध टोलले सामाजिक उत्तरदायित्वलाई सम्झेर एउटा महान पुण्यको काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “बौद्ध टोलको यो काम अब वडामा रहेका अन्य ३४ वटा टोलले पनि अनुसरण गर्नुपर्ने हुन्छ ।”
त्यस्तै कार्यक्रममा टोलका निवर्तमान अध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं कर्णालीका सर्वाधिक रक्तदाता प्रवाश कुमार शाक्यले रगत जस्तो महत्वपूर्ण चिज बजारमा किन्न नपाइने भएकोले ले १८ बर्ष लागेका यूवाहरुले रक्तदानमा सरिक हुन अनुरोध गर्नुभयो ।
टोल अध्यक्ष भूपेन्द्र थापा मगरको सभापतित्वमा संचालित कार्यक्रमा ८ महिला तथा १२ जना पुरुषले रक्तदान गर्नुभएको थियो ।
News Desk । ५ आश्विन २०८१, शनिबार १२:१७ बजे