काठमाण्डौको गुणस्तर प्रदान हुन्छ – निर्देशक खनाल

कृष्णराज धमाला
फागुन १८, सुर्खेत ।
कर्णाली प्रदेशको पहिलो डिजिटल रेकर्डिङ्ग स्टुडियो राजधानी सुर्खेतमा ब्यवसायीक रुपमा स्थापीत भएको छ । एक बर्ष अघिदेखि सञ्चालनमा रहेको सेमभेक डिजिटल रेकर्डिङ्ग स्टूडियो प्रदेशको राजधानी स्थापना भएदेखी थप बिस्तार भई ब्यवसायीक बन्दै गएको हो ।
हाल सम्म १ सय पचास बढि बिभिन्न प्रकृतिका अडियो गीतहरु रेकर्ड गरी पहिचान कायम गरेको स्टुडियोले भिडियो पनि छायांकन गरीरहेको छ । स्टुडियोका प्रबन्ध निर्देशक बिनोद खनालका अनुसार काठमाण्डौका जस्तै गुणस्तर दिन ससफल भएका छौं । प्रदेशको संरचना सँगै पहिलो पटक स्थापना गरी यहाँका प्रतिभाहरुको खोजी तथा उनीहरुको प्रतिभा बजार सम्म ल्याउने काम गरीरहेको भन्दै निर्देशक खनालले हाल सम्म रेकर्ड गरीएका गीतहरुमा गुनासो आएको छैन । उहाँले थप्नुभयो काठमाण्डौ जाँदा हुने अन्य खर्चमै यहाँ गीत रेकर्ड हुन्छ, गीत गुणस्तरको पनि बन्छ ।
अडियो रेकर्ड र भिडियो छायाँकन एकै पटक गर्नेलाई विशेष छुटको पनि ब्यबस्था गरीएको जानकारी दिदै निर्देशक खनालले यहाँका सम्भावनाहरुको खोजी र त्यसका प्रचार प्रसारमा हामी जुटीरहेकाछौं । थप गुणस्तर दिन अत्याधुनिक मेसीनहरु ल्याएर काम भइरहेको उहाँले बताउनुभयो ।
सेमभेक डिजिटल रेकर्डिङ्ग स्टूडियो सुर्खेतमा सञ्चालन भएपछि समय र रुपैयाँको पनि बचत भएको भन्नुहुन्छ गायक शेरबहादुर आचार्य “गाइने” । काठमाण्डौ जाँदा रेकर्डका लागि पनि कैंयौं दिन कुर्नु पथ्र्यो, खर्च पनि बढि हुन्थ्यो, उहाँले थप्नुभयो, सुर्खेतमा त्यति समय पनि कुर्नु पर्दैन र खर्च पनि कम हुन्छ ।



Milan Shrestha । १८ फाल्गुन २०७४, शुक्रबार ०९:११ बजे