
नेपालगन्ज (बाँके) । नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाको आयोजनामा आज आयोजित रक्तदान कार्यक्रममा शतक रक्तदाता पवन जायसवालले आफ्नो १ सय ७औं पटकको रक्तदाता गर्नुभएको छ । जायसवाल सहित अन्य १४ जनाले रक्तदान गरेका छन् ।
नेपालगञ्ज उप–महानगरपालिका २२ स्थित नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखामा आयोजित रक्तदान कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका २२ र २१ वडा कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख आतिथि नमस्कार शाह पानसमा दीप प्रज्वलित गरी ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै रगत संकलन गर्ने थैली प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेरेसो पुरैनी उप–शाखाका सभापति शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नाइस नेपालका अध्यक्ष हेमराज भट्टले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने प्रमुख आतिथि नमस्कार शाह, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाकी सदस्य खगेश्वरी रावत प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मी लगायतले आ–आफना बिचार ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा इमरान खान, बिशाल गोडिया, निशाल अली हलवाई, पवन जायसवाल, सुधान्शु पासवान, मनोज गोडिया, दिनेश चौधरी, सचिन साहानी, हेमराज भट्ट, शंकर बस्याल, सुदामा यादव, रबिस वर्मा, अर्जुन गुरुङ्ग, केशव अर्याल र ओम प्रकाश चौहान सहित १५ जनाले रक्तदान गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाताहरुलाई प्रमाण–पत्र सहित टी सर्ट बितरण गरेका थिए ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि.पुरैनी, बास नेपाल, नाईस नेपाल, युवा घर, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन बाँके, युवा गैसस महासंघ, सन्त निंकारी मण्डल बाँके, दिदी बहिनी समाज बाँके, कोपिला महिला कृषि सहकारी संस्था लि.पुरैनी, लगायत संघसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिता कुमाई, रुपेश थारु लोकश थारु, ओम प्रकाश गोडिया र बीरेन्द्र योगी प्राविधिकमा सहयोग गर्नुभएको थियो भने अन्यमा रमिता शाह, राष्टी बुढामगर र मिना घर्तीमगर लगायतले सहयोग गरेका थिए नेपाल रेडक्रस सोसाइटी पुरैनी उप–शाखाका सभापति शिवकुमार वर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा युवा घरका अध्यक्ष मन बहादुर भण्डारी, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनका संरक्षक प्रदिप शाह, युवा गैसस महासंघका अध्यक्ष माधव कार्की, नेरेसो पुरैनी उप–शाखाकी सदस्य सुमित्रा मल्ल,नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा लगायतको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । २९ माघ २०८२, बिहीबार १९:०२ बजे