बाँकेको खजुरामा २२ पिन्ट रगत संकलन


पवन जायसवाल

नेपालगन्ज (बाँके) । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल खजुरामा  क्यान्सर रोगको बिरामीलाई रगतको अति आवश्यक परेकोले आपतकालीन रक्तदान कार्यक्रम आज गरिएको छ ।

खजुरा गाउँपालिका वार्ड नं. ६ मा रहेको एक्टीभ युवा क्लबको आयोजनामा जन कल्याण माध्यमिक बिद्यालय शान्तिनगर बाँकेको प्राङ्गणमा आयोजित खजुरा रक्त सञ्चार ईकाई केन्द्रको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित २२ जनाले रक्तदान गर्नु गर्नुभएको थियो ।

एक्टीभ युवा क्लबका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक खेम सरन खत्रीले सुशील कोइराला प्रखर क्यान्सर हस्पिटल खजुरामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई रगत संकलन गर्ने हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

रक्त सञ्चार इकाई केन्द्र खजुराका प्रमुख होमराज गिरी अनुसार उक्त कार्याक्रममा प्रकाश परियार, बलबीर घिमिरे, मधु बिक, सचिन सुनार, राम परियार, जसबीर परियार, सून्य श्रेष्ठ, इन्द्रराज शाही, सुजन बिशवकर्मा, कौशल बम ठकुरी, हरि बहादुर बुढाथोकी, अनिल पाठक, याम बहादुर बराली, गोपाल तामाङ्ग, बिपसा बिक, नितेश तामाङ्ग, नमराज शाही, राकेश चन्द सिंह ठकुरी, कर्म बहादुर चौधरी, अनिश बराली, सुमन पौडेल, सतिश चौधरी लगायत २२ जनाले रक्तदान गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा खजुरा रक्त सञ्चार ईकाई केन्द्रका प्रमुख होमराज गिरी र प्रकाश हौजालीले प्राबिधिकमा सहयोग गर्नुभएको थियो ।